बैतेश्वर–७ मा गाईभैँसी ब्याउँदा किसानलाई भत्ता

दीक्षण समाचार
चरिकोट, पुस १४
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ७ ले गाईभैँसी ब्याए (दुहुनो) पछि किसानलाई दुई हजार ५ सय भत्ता दिन थालेको छ । वडाले चालु वर्ष ‘सुत्केरी गाई ÷भैँसी प्रोत्साहन भत्ता कार्यक्रम’ सञ्चालन गरी गाईभैँसी ब्याउँदा प्रोत्साहन स्वरुप किसानहरुलाई भत्ता उपलब्ध गराउन थालेको हो ।
वडाध्यक्ष मिनकुमार शिवाकोटीले व्यवसायिक पशुपालनमा किसानहरुलाई प्रोत्साहन गर्दै दुग्धजन्य खाद्यवस्तुमा आत्मानिर्भर बनाउन भत्ता उपलब्ध गराउन थालिएको बताउनु भयो । गाईभैँसी ब्याएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन चालु वर्ष तीन लाख रुपैयाँ बजेट छुट्याइएको उहाँले बताउनु भयो । उहाँका अनुसार हालसम्म ५० जना किसानल कार्यक्रमबाट लाभान्वित भएका छन् । गाईभैँसी ब्याएको जानकारी वडालाई प्राप्त भएपछि स्थलगत अनुमगन गरी किसानलाई भत्ता उपलब्ध गराउने गरिएको छ ।
वडासदस्य शंकरबहादुर तामाङले गाईभैँसी दुहुनो हुँदा भत्ता पाउने भएपछि किसानहरु उत्साहित भएका बताउनु भयो । कार्यक्रमको प्रभावकारिताले वडामा व्यवसायिक पशुपालनमा आकर्षण बढ्ने उहाँको विश्वास छ । सावित्री भण्डारीले आफूले पालेको भैँसी ब्याउँदा वडाले भत्ता दिएपछि खुशी लागेको बताउनु भयो । “ एक महिना अघि हाम्रो भैँसी ब्यायो । गोठमै जनप्रतिनिधि आएर भत्ता दिए ।” उहाँले भन्नुभयो “अर्को पनि भैँसी पाल्ने सोच जागेको छ ।” उहाँले पाएको भत्ता रकम दुहुनो भैँसीको दानापानीमा खर्च गरेको बताउनु भयो । भण्डारीले यो कार्यक्रमको लोकप्रियता बढेको बताउँदै यसलाई निरन्तरता दिन सके पशुपालक किसानको संख्या बढ्ने र उद्धेश्य अनुरुप दुधमा वडा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नु भयो ।

र्

Shares

Be the first to comment on "बैतेश्वर–७ मा गाईभैँसी ब्याउँदा किसानलाई भत्ता"

Leave a comment

Your email address will not be published.


*