बैतेश्वर गाउँपालिकामा शहीद स्मृति पार्क निर्माण

पार्क उद्घाटन गरिदैँ

दीक्षण समाचार
चरिकोट, पुस ५
बैतेश्वर गाउँपालिका.–६ स्थित पाडुडाँडामा शहीद स्मृति पार्क निर्माण गरिएको छ । मुलुक र जनताको हकअधिकार प्राप्तिका लागि जनयुद्धको क्रममा शाहदत प्राप्त वीर शहीदहरुको सम्मान र सम्झनामा गाउँपालिका र बागमती प्रदेश सरकारको लगानीमा पार्क निर्माण गरिएको हो । पार्कमा १६ जना शहीदहरुको सालिक निर्माण गरी प्रतिस्थापन गरिएको छ । आईतबार एक कार्यक्रमका बिच माओवादी नेता एवं बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले पार्कको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले शहीदको सपना साकार पार्न र जनयुद्धमा घाईते अपाङ्गता भएका व्यक्ति तथा वेपत्ताहरुको पक्षमा काम गर्ने आश्वासन दिनुभयो । शहीदको योगदान लाई सम्मान गर्दै  सालिकमा माल्यार्पण गर्नुका साथै शहीद परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरिएको थियो । पार्कमा माओवादीका केन्द्रीय सदस्य एंव दोलखाका संस्थापक जनयुद्धका शहीद रित बहादुर खड्का सहित राम बहादुर तमाङ, दान बहादुर तमाङ, मान बहादुर तमाङ भीम बहादुर तमाङ , सुरथ तमाङ , ढाल बहादुर तमाङ, जानुका घिमिरे, सोङदोर्जे शेर्पा, ङिमादोर्जे शेर्पा, राम बहादुर तमाङ,पदम मगर, केशबराजस्वराज रिमाल, केशरराजस्वराज रिमाल, निर्जला पराजुली, इन्दिरा शिवाकोटी र शर्मिला जिरेलको सालिक प्रतिस्थापन गरी पार्क निर्माण गरिएको छ। नेकपा माओवादी केन्द्र वैतेश्वरका अध्यक्ष भीम बहादुर श्रेष्ठ को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवी लामा, उपाध्यक्ष रविचन्द्र आचार्य, नेकपा माओवादी केन्द्रका दोलखा संयोजक कुलबहादुर बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सालिकमा माल्र्यापन गनुहुँदै उपाध्यक्ष रविचन्द्र आचार्य

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा शहीद स्मृति पार्क निर्माण"

Leave a comment

Your email address will not be published.


*