बैतेश्वर गाउँपालिकामा विद्यालय बन्द गर्ने निर्णय, (क्रान्तिकारी)द्वारा विरोध

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ११
दोलखाको बैतेश्वर गाउँपालिकाको सबै विद्यालय १३ देखि १८ गतेसम्म छ दिन बन्द हुने भएको छ । शिक्षक सेवा आयोगको परीक्षामा अधिकांश शिक्षकहरु सहभागी हुने हुँदा पठनपाठन प्रभावित हुने भन्दै विद्यालय बन्द गरिएको हो । गाउँपालिकाको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको र सो सम्बन्धमा सूचना सार्वजनिक गरी सूचित गरिएको छ। सूचना अनुसार शिक्षक सेवा आयोगले सञ्चालन गर्ने मावि, निमावि र प्रावि तहको परिक्षामा अधिकांश शिक्षकहरु सहभागी हुने र पठनपाठनमा बाधा पुग्ने कुरालाई मध्यनजर गरी पालिका अन्र्तगत सञ्चालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे विदाबाट सोधभर्ना हुनेगरी ६ दिन विद्यालय बन्द गरिएको हो । गाउँपालिका शिक्षा शाखा अधिकृतको ऋषिराज ज्ञवालीले हस्ताक्षरित सूचना चैत आठ गते सार्वजनिक भएको थियो ।


(क्रान्तिकारी)द्वारा विरोध
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कार्य समिति दोलखाले गाउँपालिकाको शिक्षा समितिको विद्यालय बन्द गर्ने निर्णय प्रति विरोध जनाएको छ । उसले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। एसइइ परिक्षा नजिकीदै गर्दा केहि शिक्षक र राजनीतिक दलहरू मिलेर गैरजिम्मेवारी पूर्वक गरिएको विद्यालय बन्दको घोर निन्दा एवम भ्रत्सना गर्दै गाउँ शिक्षा समितिको सो निर्णय तत्काल फिर्ता लिन माग गरिएको हो । निर्णय फिर्ता नभए चरण बद्ध संघर्षमा उत्रने पनि अखिल क्रान्तिकारीका इन्चार्ज विशाल जिरेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चेतावनी दिइएको छ। लकडाउनको कारणले विगत लामो समयदेखि विद्यालय प्रभावित हुँदै आएको छ । त्यति हुँदाहुँदै अहिले बैतेश्वर गाउँपालिकामा शिक्षक सेवा आयोगको बाहना बनाउँदै विद्यालय बन्द गर्नु आपत्तिजनक रहेको भन्दै त्यसको घोरनिन्दा एवम भ्रत्सना गरिएको क्रान्तिकारीका जिल्ला इन्चार्ज विशाल जिरेलले बताउनुभयो।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा विद्यालय बन्द गर्ने निर्णय, (क्रान्तिकारी)द्वारा विरोध"

Leave a comment

Your email address will not be published.


*