चरिकोट (दीस) – दोलखाको बैतेश्वर गाउँपालिकामा जनताले गाउँपालिकालाई दिएको जग्गा मिलान गर्न लाग्ने खर्च उठाउन जग्गा बिक्रि गरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । पालिकामा जनताले दिएको जग्गा दानमा अपचलन भएको भन्दै जग्गामा विवाद आएपछि पालिकाले छानबिन समिति बनाएको थियो ।पालिकाले बनाएको समितिले तयार पारेको प्रतिबेदन बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । गाउँपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष शमशेर घिसिङको संयोजकत्वमा गठित छानविन समितिले तयार पारेको प्रतिबेदनमा गाउँपालिकाको स्थायी केन्द्र निर्माणका लागि २८ जना जग्गादाताहरुबाट दान प्राप्त भएको १३ हजार २ सय ५१ वर्गमिटर मध्ये ११ हजार ३ सय ९३ बर्गमिटर जग्गा कार्यालय निर्माण हुने क्षेत्रमा ठुलो परिमाणमा दान गर्ने दाताहरुलाई सोधभर्ना गरिएको प्रतिवेदनमा समितिले उल्लेख गरेको छ। बाँकी रहेको १ हजार ९ वर्गमिटर जग्गा भने रजिष्ट्रेसन र नामसारी जस्ता शिर्षकमा गाउँपालिकाको बजेट खर्चिन नमिल्ने भएपछि विक्री गरि खर्च गरिएको उल्लेख गरिएको छ । समितिका अनुसार विक्रि गरिएको १ हजार ९ वर्गमिटर जग्गा स्थानीय सिता आचार्य र निर्मला घिसिङ लाई ६ सय वर्गमिटर र मनमायाँ दाहाल , लालकुमारी तामाङ र कमला तमाङलाई ४ सय ९ वर्गमिटर विक्रि गरि प्राप्त रकमले जग्गामा खर्चहरु व्यवस्थापन गरिएको जनाएको छ ।
उनीरु बैतेश्वर गाउँपालिकाका जनप्रतिनिधीका आफन्त हुन । नेकपाले सरकारी छानविनमाथी प्रश्न उठाउँदै छुटै छानबिन समिति बनाएको छ । २४ गते सचिबालय बैठकले सो प्रतिबेदन सार्वजनिक गरिने नेकपा स्रोत बताएको छ ।
Be the first to comment on "बैतेश्वर गाउँपालिकाको जग्गा छानबिन समितिद्धारा जग्गा मिलानको खर्च उठाउन जग्गा बिक्री गरेको निष्कर्ष"