किर्ते तामाङ चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने भएको छ । यस अघि वडा कार्यालयमार्फत भत्ता वितरण गर्दै आएको पालिकाले सरकारको नीति अनुरुप चालू आर्थिक वर्ष २०७७÷०७८ तेस्रो चौमासिक भत्ता बैंक मार्फत वितरण गर्ने निर्णय गरेको हो । यो निर्णयसगैँ पालिकाले सम्बन्धित लाभग्राहीहरुलाई यथाशिघ्र बैँक खाता खोल्न अनुरोध गरेको छ । वडा नम्बर १ का लाभग्राहीहरुले नेपाल बैंक लिमिटेड चरिकोट शाखा कार्यालय र वडा नम्बर २ देखी ७ सम्मका लाभग्राहीहरुले सानिमा बैंक लिमिटेड मेलुङ शाखा कार्यालय भेड्पुमा खाता खोल्नुपर्ने प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए ।
बैँक खाता खोल्नका लागी आवश्यक कागजातपत्र
हालचालै खिचेको रङ्गगिन पसपोर्ट साइजको फोटो दुई प्रति । नेपाली नागरिक्ताको प्रमाणपत्रको सक्लल प्रति सामाजिक सुरक्षा भत्ता वितरण परिचयपत्रको सक्खल प्रति ।
बालबालिकाको हकमा आमा वा बाबू को नागरिक्ताको प्रमाणपत्रको सक्कलप्रति, आमा वा बाबू को पसपोर्ट साइजको रङ्गिन फोटो दुई प्रति, बाबलबालिकाको जन्म दर्ता प्रमाणपत्रको सक्कलैप्रति । ९० बर्ष भन्दा माथिका लाभग्राहिकोहकमा संरक्षकको नेपाली नागरिक्ताको सक्कल प्रति ।
संरक्षकको हालचालै खिचेको पासपोर्ट साइजको रङ्गिन फोटो दुई प्रति, सम्भन्धित वडकार्यलयको सिफारिस पत्र र पूर्णअपांङ्गता भएको हकमा पनि ९० वर्षभन्दा माथीका लाभग्राहीको जस्तै कागजात पेश गर्नुपर्ने छ ।
Be the first to comment on "बैक मार्फत भत्ता वितरण गर्दै मेलुङ गाउँपालिका"