बैंकको ब्याजदर वृद्धि प्रति दोलखा उद्योग वणिज्य संघको ध्यानाकार्षण

चरिकोट, २८ माघ
दोलखा उद्योग वणिज्य संघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गरी संघले बैंकको चर्को व्याजदरका कारण व्यापार व्यवसाय नै चौपट भएको उल्लेख गरेको छ ।
संघका अध्यक्ष सुन्दर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा व्याज वृद्धिकै कारण विकास निर्माणका योजनाहरुको लागत बढेको, अँधुरो रहेको र आम्दानी घटेको जनाएको छ । व्यवसायमा लगानी गर्दा ५ प्रतिशत आम्दानीका लागि लामो समय कुर्नु पर्ने तर बैंकमा निक्षप जम्मा गर्दा सजिलै १३ प्रतिशत नाफा कमाउन सजिलो बनाउने प्रवृतिले देशको संवृद्धि नहुने उल्लेख गरेको छ ।

Shares

Be the first to comment on "बैंकको ब्याजदर वृद्धि प्रति दोलखा उद्योग वणिज्य संघको ध्यानाकार्षण"

Leave a comment

Your email address will not be published.


*