बैँकमार्फत भत्ता वितरण गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ ४
दोलखाको शैलुङ गाउँपालिकाले  सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता तथा अपारदर्शिता रोक्ने सरकारको नीति अनुरुप चालू आर्थिक वर्षको प्रथम चौमासिकबाट भत्ता बैंकमार्फत वितरण गरिने भएको हो । यस अघि वडा कार्यालयमार्फत लाभग्राहीलाई हातहातमै भत्ता दिने गरिएको थियो । तर अब बैँकिङ प्रणालीमा गएपछि भत्ता वितरण व्यवस्थित हुने बताइएको छ ।
पालिकाको अनुसार बाघखोरमा रहेको मेगा बैँक नेपाल लिमिटेड शाखाबाट लाभग्राहीले भत्ता पाउने व्यवस्था मिलाइएको छ । ८ वटै वडाका जेष्ठ नगरिक, एकल महिला, अपाङगता भएका व्यक्ति तथा दलित बालबालिका तथा भत्ता बुझ्दै आएका लाभग्राहीहरुले मेगा बैँकमा खाता खोल्न अनुरोध गरिएको छ ।
बैँकले जारी गरेको सूचना अनुसार लाभग्राहीले सम्बन्धित वडा कार्यालयमा खाता खोल्न सकिने बताइएको छ । खाता खोल्न दुई प्रति हालसालै खिचिएको रंगिन पिपि साइजको फोटो, नागरिकताको फोटोकपी तथा सक्कल, सामाजिक सुरक्षा भत्ता कार्डको फोटोकपी वा सक्कल र परिचय पत्रका फोटोकपी तथा सक्कल चाहिने बताइएको छ ।

Shares

Be the first to comment on "बैँकमार्फत भत्ता वितरण गरिदैँ"

Leave a comment

Your email address will not be published.


*