बुलुङखानीमा गयो पहिरो

चरिकोट — गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरो गएको छ । पहिरोका एक दर्जन भन्दा बढी घर पुरिँदा दुईजना घाइते भएका छन् । पहिरोमा परी श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ घाइते भएको व गाउँपालिका अध्यक्ष युदृष्टि खड्काले बताए । उत्तरी क्षेत्रको सडक सञ्जाल ठाउँठाउँमा अवरुद्ध हुँदा बुलुङखानीको पहिरो क्षेत्रले दर्जन बढी घरहरु भत्किएकाले घाइते र विचल्लीमा परेकाहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कोसिस भैरहेको खड्काले जानकारी दिए । त्यस्तै उक्त पालिकाको लादुकस्थित सार्की गाउँमा ३० घरको तल र माथि दुवैतिरबाट पहिरो गएपछि मानिसहरु वस्ती नै छाडेर भागेका छन् ।

Shares

Be the first to comment on "बुलुङखानीमा गयो पहिरो"

Leave a comment

Your email address will not be published.


*