बिद्यालयका शौचालय पुननिर्माण समबन्धि अभिमुखिकरण कार्यक्रम

दोलखा,२१ जेठ । भुकम्पपछि भत्कीएका दोलखाका बिभिन्न बिद्यालयका शौचालय निमार्णका लागि प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)को आयोजनामा गरिएको अभिमुखिकरण तालिममा ३६ वटा बिद्यालयका प्रधानाध्यपक र अध्यक्षहरुको उपस्थिति रहेका थिए । शौचालयभबन निमार्णमा कुनै ढिलासुस्ति नगरी कार्य गर्न र भबन निमार्णमा सहज बाताबरण बनाउन अध्यक्षहरुलाई निर्देशन दिईएको थियो भने, प्रअहरुलाई शौचालय भबन बनाउँदा गुणस्तरिय काम गर्न निर्देशन दिएको थियो । कार्यक्रम आयोजना प्रमुख देबकुमार बरालले शौचालय भबन निमार्णको काम समयमानै सक्न निर्देशन दिएका थिए । अभिमुखिकरण कार्यक्रममा आर्थिक बर्ष०७५।०७६को बन्ने ५ कोठे ५५ वटा शौचालय निमार्णका लागि ३६ बिद्यालयका प्रअ र अध्यक्षहरुलाई आयोजना प्रमुख बराल र आयोजनाका ईन्जिनियर राजेन्द्र श्रेष्ठले शौचालय भबन निमार्णका बारेमा कार्यपत्र प्रस्तुत गरि सहजिकरण गरेका थिए ।

Shares

Be the first to comment on "बिद्यालयका शौचालय पुननिर्माण समबन्धि अभिमुखिकरण कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*