बिगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो

चरिकोट– दोलखाको बिगु गाउँपालिकाको लाइसेपमा बा २० च ४३७३ नम्बरको बोलेरो दुर्घटना हुँदा आज एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी गौरीशंकर गाउँपालिका ८ खारेका बर्ष २४ का सुबिन तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक रुक्शा बज्राचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा परी गौरीशंकर गाउँपालिका ८ की कमला तमाङ घाइते हुनु भएको छ । घाइते अबस्था सामान्य रहेको र उहाँको सिंगटीको रोल्वालिङ अस्पतालमा उपचार भइराखेको बज्राचार्यले जानकारी दिनु भयो । बलेरो सडकबाट १ सय ५० फिट तल झरेको बताइएको छ । बलेरो थान्रेबोटबाट सिंगटी आउँदा बाटोमा दुर्घटना भएको थियो ।

Shares

Be the first to comment on "बिगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*