बिगु गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यू

चरिकोट (दीस) –दोलखाको बिगु गाउँपालिका वडा –१ मा नदीले बगाँउदा एक महिलाकाे   मृत्यु भएको छ । आज च्याउ टिप्न जाने क्रममा सोमती श्रेष्ठलाई खोलाले बगाँउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ। बिहान ८ बजे च्याउ टिप्न गएकी उनी खोला तर्ने क्रममा बेपत्ता भएकी थिइन । बेपत्ता भएकी श्रेष्ठको लास खोला बगाएर गोंगर बजार नजिक टासिनाम जाने पुलमा फेला पु¥याएको थियो । उनीहरु बर्षेनी च्याउ टिप्न नजिकको जंगलमा जाने गरेको स्थानीय बताएका छन् ।

Shares

Be the first to comment on "बिगु गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यू"

Leave a comment

Your email address will not be published.


*