बाल गृहमा नयाँ कपडा र खसी वितरण

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २६
दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको गौरीशंकर बाल गृहमा आश्रय लिइरहेका बालबालिकालाई दशैँ मनाउन सहजताको लागि सहयोग प्राप्त भईरहेको छ ।
नेपाल बाल संगठन दोलखाद्धारा सञ्चालित सो बाल गृहमा ३० जना बालबालिका आश्रित छन् । जन्मदिन, पुण्यतिथि लगायतको अवसर पारी सहयोगी महानुभावले खाद्य सामाग्रीका साथै आर्थिक सहयोग गर्ने गरेका छन् । यसबाट बाल गृह सञ्चालनमा सहज हुने गरेको बाल संगठनका सभापति राम प्रसाद सापकोटाले बताउनुभयो ।

मंगलबार दशैँ मनाउनको लागि गृहमा एक वटा खसी र नयाँ कपडा वितरण गरिएको छ । भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष राम चन्द्र बस्नेत, पुस्कर बस्नेत, राजकुमार खड्का, शरद सापकोटा, सीताराम बस्नेतको सहयोगमा खसी वितरण गरिएको हो । त्यसैगरी स्प्रेडिङ स्माइल्स्को तर्फबाट बालबालिकाको लागि नयाँ कपडा वितरण गरिएको छ । बाल संगठनका सभापति सापकोटाले सहयोगीहरुलाई धन्यवाद दिदैँ बाल गृहमा दशैँ हर्षाेल्लास पुर्ण हुने बताउनुभयो । यस अघि व्यावसायी राम शरन बस्नेतले नगद पाँच हजार सहित खाद्यान्न सहयोग गर्नुभएको थियो ।

बालगृहलाई सहयोग

Shares

Be the first to comment on "बाल गृहमा नयाँ कपडा र खसी वितरण"

Leave a comment

Your email address will not be published.


*