बार्षिक साधारण सभामा दैनिकका सम्पादक सम्मानित

चरिकोट (दीस) –दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरेलाई जनमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक उत्सबमा सम्मान गरेको छ । आज सहकारीको मुख्य कार्यालयमा भएको २३ औ साधारण सभामा सहकारीले उनलाई सम्मान गरेको हो । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५मा मुख्य कार्यालय रहेको सहकारीले यो बर्ष २३ औ बार्षिक साधारण सभा गरेको छ । आज मैनापोखरीमा भएको साधारण सभामा आफ्नो मन्तव्य राख्दै बागमति प्रदेशका सहकारी सँघका महासचिब भीम दहालले सहकारी सबै जनताको साझा थलो भएको बताए । सहकारीले ग्रामिण स्तरमा अर्थतन्त्र बिकास गर्न सहयोग गरेको बताए । बागमति प्रदेशमा  १४ हजार सहकारी रहेको र देश भरकाे ४०  प्रतिशत यस प्रदेशले सहकारीकाे   हिसा ओगटेको बताए । बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आर्चायले सहकारी शेयर मुखी हुन पर्ने बताए । सहकारीले गरिबी न्युकरण योगदान दिदै आएको र सोही अनुरुप सदस्य मुखी कार्यक्रम ल्याउन सहकारीलाई आर्चायले सुझाब दिए । गाउँपालिका गरिबी निबारण गर्न सहकारीसँग हातेमालो गरेर कार्यक्रम गर्न प्रतिबद्ध रहेको उपाध्यक्ष आर्चायले बताए । जिल्ला बचत सँघ दोलखाका अध्यक्ष भुमिराज खडकाले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले सहकारलाई कोभिडले अर्थतन्त्रमा पारेको असर कम गर्न नयाँ योजना ल्याउन सुझाब दिए । संस्थाका अध्यक्ष सिताराम दहालले सहकारीले २३ औ बर्ष पार गर्दा १७ हजार सदस्य सहकारीमा आबद्ध भएको बताए । उनले सहकारीमा ९० करोड पुँजी स्ांकलन भएको बताए । सदस्यको हितमा सहकारीले यो बर्ष २४ बुदे कार्यक्रम अघि सारेको उनले बताए । संस्था एक्सेस ब्राण्ड प्राप्त गर्न प्रयासरत रहेको छ । बार्षिक साधारण सभामा बिभिन्न क्षेत्रमा उत्कृष्ट बिधामा सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "बार्षिक साधारण सभामा दैनिकका सम्पादक सम्मानित"

Leave a comment

Your email address will not be published.


*