चरिकोट देशका अधिकांश भूभागमा भारी बर्षा भईरहेको छ । बाढी पूर्वमान महाशाखाले आज र भोली भोली कोसी,बागमती,नारायणी,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने जनाएको छ । महाशाखाले सबैलाई उच्च सर्तकर्ता अपनाउँन आग्रह गरेको छ।
आज कन्काई , कोशी , कमला , बागमती , नारायणी , र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने , सप्तकोशी , बाग्मती , नारायणी , तिनाउ , पूर्वी राप्ती र यसका सहायक नदीमा पनि बहाव सर्तकता तह आसपास हुने अनुमान गरेकोछ । आज पश्चिम राप्ती , बबई , कर्णाली ,महाकालीमा बहाव बढ्ने तथा प्राय सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानमान छ । कमला , बाग्मतीका केही साहयक नदीहरुमा , सप्तकोशी लगायतमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।
इलाम , झापा , मोरङ धनुकटा सुनसरी उदयपुर रामेछाप दोलखा काभ्रेपलाञ्चोक सिन्धुली धनुषा महोत्तरी सिन्धुली सर्लाही रौतहट मकवानपुर काठमाडौ उपत्यकता धादिण्ज्ञठण् नुवाकोट चितवन नवलपरासी लगायतका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउँन आग्रह गरेको छ । महाशखाले पानीको बहाप बढ्न सक्ने माथि उल्लेखित नदी तटीय क्षेत्रमा कुनै पनि गतिविधिहरु नगर्न आग्रह गरेको छ । त्यस्तै आकस्मिक बहावको सम्भावना रहेका जिल्लाहरुमा उच्च सतर्कता अपनाउँन पनि महाशाखाले अनुरोध गरेको छ ।
Be the first to comment on "बाढीको सम्भावना , उच्च सर्तक रहन आग्रह"