चरिकोट (दीस) ः बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । जिल्ला फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगिताको बागमती प्रदेश सांसद भरत के.सीले उद्घाटन गर्नु भएसँगै प्रतियोगिता सुरु भएको हो । खेलकुदले देशको नाम उच्च बनाउने भएकाले खेलकुद गौरबको खेल भएको उहाँले बताउनु भयो । प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका ११ वटा टिमले भाग लिएको आयोजकले बताएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरब पाण्डेले जानकारी दिनु भयो । जिल्ला फुटबल संघका अध्यक्ष कौरब पाण्डेको अध्यक्षतामा रहेको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,अखिल नेपाल फुटबल संघ सह महामन्त्री बाबुकाजी बस्नेत ,नेपाली कांग्रेसका पार्टी सचिव दावासांगे शेर्पा ,नेकपा एमालेका अधिवेशन तयारी समिति सदस्य सुन्दर कार्की,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई लगायतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।
बागमती स्तरीय खुला फुटवल प्रतियोगिता सुरु
Posted By: दीक्षण दैनिक २१ कार्तिक २०८०, मंगलवार ११:३०
९ मंसिर २०८१, आईतवार ०९:५२
रामेछापमा जुनार उत्पादन बढ्यो
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार १९:०५
Be the first to comment on "बागमती स्तरीय खुला फुटवल प्रतियोगिता सुरु"