हेटौडा –वागमती प्रदेश सरकारले नवप्रबद्र्धन प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत नयाँ आडिया भएका युवा लक्षित गरी प्रस्ताव आह्वान गरिएको हो । प्रस्ताव आह्वान कार्यक्रमको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे ।
प्रदेश सरकारले युवालाई ऋण दिएर मात्रै नहुने उनीहरुको आइडियालाई मूर्त रुप दिन व्यवसायिक योजना बनाउने, आवश्यक परे तालिम पनि दिने जनाएको छ । यस्तै कम्पनी दर्तादेखि अन्य कुनै पनि प्रक्रियाका लागि पनि प्रदेश सरकारले सहयोग गरिदिने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । यो वर्ष प्रदेश सरकारले २ सय वटा स्टार्ट अप उद्योग स्थापना गर्ने कार्यक्रम रहेको जनाएको छ । ती स्टार्ट अपलाई कम्पनी, उद्योग दर्तालगायतको प्रक्रियामा सहजीकरण पनि प्रदेश सरकारले गरिदिनेछ । यस्तै राम्रा आइडिया छानेर व्यवसायिक योजना बनाउने, तालिम दिने, आवश्यक पर्नेलाई प्रदेश सरकारले बनाइरहेको उद्योगग्राममा जग्गा पनि दिने छ । यो कार्यक्रम अन्तर्गत प्रदेश सरकारले विजनेस आइडिया भएका तर लगानी गर्न पैसा नभएकाहरुलाई १ देखि ३ प्रतिशतसम्म बिना धितो कर्जा दिने छ । महिला, दलितलाई १ प्रतिशतमा ऋण दिने पुडासैनीले बताए । ऋणका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता पनि गरिसकेको छ । सोही सम्झौता कार्यान्वयनमा लागि नवप्रबद्र्धन प्रस्ताव माग गरिएको हो मन्त्रालयले जनाएको छ ।
Be the first to comment on "बागमती प्रदेशद्वारा नवप्रवद्र्धन प्रस्ताव आह्वान १५ लाखसम्म विनाधितो ऋण दिने"