दीक्षण समाचार/ चरिकोट, –दोलखा सदरमुकाम चरिकोटमा अवस्थित जनहित बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको विसौँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गर्नुभयो । सहकारीमा दुई हजार ३ सय ८६ जना शेयर सदस्य र सात सय ७१ जना बाल सदस्य रहेका छन् । संस्थाको कुल पुँजी ३५ करोडा ९ लाख ९२ हजार ७ सय २८ रुपैँया र संस्थाको शेयर पुँजी ३ करोड ४३ लाख ५६ हजार ३ सय रुपैँया कोषाध्यक्ष राम बहादुर ओलीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुतिको क्रममा बताउनुभयो । संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाकार्यमा पनि काम गरेको छ । २०७७ माघ ११ गते आफ्नो स्थापना दिवसको अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ६ मा रहेको आवाज नेपालको स्नेह केन्द्रलाई १८ हजार रुपैयाँ बराबरको खाद्यान्न लगायतका सामाग्री वितरण, २०७७ चैत्र २० राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सरकारी संघ दोलखासँगको सहकार्यमा भीमेश्वर नगरपालिका वडा नं. ५ मा रहेको गौरीशंकर बालगहमा आश्रित बालाबालिकाहरुलाई १४ हजार पाँच सय मात्र बराबरको खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण थियो । आगामी दिनहरुमा समेत यस किसिमका कार्यहरुलाई निरन्तरता दिइने संस्थाले जनाएको छ । सभामा ७ जना उत्कृष्ट शेयर सदस्य सम्मानित भएका छन् । जसमा जेष्ठ शेयर सदस्य निलुमा शेर्पा, उत्कृष्ट बाल बचत कर्ता रुहीसा मास्के, उत्कृष्ट दैनिक ऋण कर्ताहरु सृजना खड्का, रामजी बुढाथोकी, उत्कृष्ट दैनिक बचत कर्ता उद्दव बहादुर सुवेदी, मासिक नियमित बचत कर्ता तारा खड्का र संस्थाका उत्कृष्ट कर्मचारी बसुधर अधिकारीलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको हो । संस्थाका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालकाका नगर प्रमुख भरत बहादुर केसी, जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्ण प्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
जनहित बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको विसौँ बार्षिक साधारण सभा सम्पन्न
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २१ पुष २०७८, बुधबार १९:५५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "जनहित बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको विसौँ बार्षिक साधारण सभा सम्पन्न"