नवराज शिवाकोटी
चरिकोट ः भीमेश्वर नगरपालिकाले सातदोवाटोमा निर्माण गरेको बहु उद्देश्यिय ब्यावसायिक भवन भाडामा लिन ब्यावसायीहरु अनिच्छुक रहेको पाइएको छ । भवन भाडामा लगाउन अघिल्लो आर्थिक वर्षमा आशय पत्र स्विकृत भएका मध्ये आर्थिक प्रस्ताव पेश भनिएका कुनै पनि फर्म तथा कम्पनीले आर्थिक प्रस्ताव पेश नगरेपछि उक्त भवन भाडामा लिन ब्यावसायीहरु अनिच्छुक रहेको पाइएको हो ।
पुस २२ गते भवन भाडामा लगाउने बारे आयस पत्र स्वीकृत भएका सातवटा कम्पनी÷फमहरुलाई आर्थिक प्रस्ताव पेश गर्न भीमेश्वर नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । आर्थिक प्रस्ताव पेश गर्न छनोट भएका सातवटा फर्म÷कम्पनीहरु मध्ये कसैले पनि आर्थिक प्रस्ताव पेश नगरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुुभयो । १५ दिनको म्याद दिई आर्थिक प्रस्ताव मागिएकोमा म्याद भित्र कुुनैपनि फम वा कम्पनीको प्रस्ताव नआएको सूचना अधिकारी अर्यालको भनाई छ । चरिकोटको आर्थिक क्रियाकलापलाई हेरेर ब्यावसायीहरुले आर्थिक प्रस्ताव पेश नगरेको हुन सक्ने उहाँको अनमान छ ।अब नगरकार्यपालिकाले भवन भाडामा लगाउने सम्बन्धमा नयाँ निर्णय गर्ने उहाँको भनाई रहेको छ ।
भीमेश्वर नगरको गौरवको आयोजनाको रुपमा निर्मित बहुउद्देश्यीय ब्यावसायिक भवन भाडामा लगाउने सम्बन्धमा गत आर्थिक वर्षमा नैं आशय पत्र माग गरिएकोमा आठ वटा आशय पत्र मध्ये सात वटाको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । आशयपत्र पेश गर्ने फम तथा कम्पनीहरु मध्ये छनोट भएका सातवटा फम÷कम्पनीलाइ आर्थिक प्रस्ताव पेश गर्न सूचना निकालिएको थियो ।
आसय पत्र स्वीकृत भई आर्थिक प्रस्ताव पेश नगर्नुको कारण बारे आसयपत्र स्वीकृत भएका ब्यावसायिक संस्थाहरुले भने चरिकोटमा आर्थिक कृयाकलाप सुस्त भएको अवस्थामा महंगो भाडा तिरेर तला समेत थप्ने शर्तमा भवन भाडामा लिन सकिने अवस्था नरहेकोले आर्थिक प्रस्ताव पेश नगरेको बताएका छन् ।
चरिकोटको सुस्त आर्थिक क्रियाकलापका कारण पच्चिस वर्षसम्म वार्षिक ५ लाख नगरपालिकालाई भाडा तिरेर अर्को ५ करोड खर्च गरी तला थपेर नाफा आर्जन गर्न असम्भव भएकोले आफूले आर्थिक प्रस्ताव पेश नगरेको दीपज्योति ईलेक्ट्रोनिक्स सेन्टरका प्रोप्राइटर दिनेश पाठकले बताउनु भयो । यस्तै भवनको तल्ला थप्ने शर्तले लगानी समेत नउठ्ने देखिएकोले प्रस्ताव पेश नगरिएको आशय पत्र स्वीकृत भएको गुप्तेश्वर ट्रेडर्स÷सृजन जेभी का सुन्दर कार्कीको भनाई रहेको छ ।
नगरपालिकाले आशय पत्र माग्दा दुई तल्ला थप्ने तथा लिफ्ट राख्ने समेत कुरा उल्लेख गरेको थियो । सातदोबाटेबाट देखिने गौरिशंकर हिमालको दृष्य समेत अवरोध हुने हुनाले तल्ला थप्ने प्रावधान हटाउन स्थानीयले आग्रह गरेका थिए ।
बहुउद्देश्यीय भवन निर्माणमा करिब करिब साँढे १२ करोड खर्च भएको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेस राउतको भनाई छ । कृषि हाटबजारकालागि निर्माण गरिएको भवन मासेर बनाइएको बहु उद्देश्यीय भवन भुइँ तल्ला सहित हाल ५ तल्ले रहेको छ ।
Be the first to comment on "बहुउद्देश्यीय भवन भाडामा लिन किन भए ब्यवसायीहरु अनिच्छुक ?"