बहुउदेश्यीय भवन सञ्चालनपछि नगरको आय बढ्ने

SAMSUNG CSC

इश्वर बिश्वकर्मा /चरिकोट, –चरिकोट सातदोबाटो पुग्ने बित्तीकै चोकको बीचमैँ ठूलो भवन देख्न सकिन्छ । सो भवन भीमेश्वर नगरपालिकाले आन्तरिक आम्दानीका लागि निर्माण गरेको बहुउद्देश्यीय भवन हो । भ्याटबाहेक १० करोड लागतमा निर्माण भएको पाँच तल्ले भवनमा २२ वटा सटरकोठा रहेको छ । ती कोठाहरु व्यापारीव्यावसायीलाई व्यावसायिक प्रयोजनको लागि भाडामा दिई नगरको आर्थिक स्रोत सबल हुने अपेक्षा लिइएको छ । स्थानीय तहहरु आन्तरिक आय बढाउन भन्दा प्रदेश र संघको अनुदानको भरमा चल्ने गरेका छन् । कतिपय स्थानीय तहले नागरिकसँग चर्को कर असुल गरी आय संकलन गरिरहेको आरोप पनि लाग्ने गरेको छ । तर भीमेश्वर नगरपालिकाले नागरिकबाट चर्काे कर असुली गर्नुभन्दा बहुउद्देश्यीय भवन निर्माण गरेर आम्दानी बृद्धिको उपाय रचेको ईन्जिनियर रामजी थापाले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भईसकेको छ । अब रङ लगाउनेदेखि सरसफाईका सामान्य काम बाँकी रहेको छ । अबको १५ दिनपछि बहुउद्धेश्यीय भवन पूर्ण रुपमा सम्पन्न भई निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थालेको छ । नगर विकास कोषको ८० प्रतिशत अनुदान र भीमेश्वर नगरपालिकाका लगानीमा २०७६÷०७७ बाट सुरु भएको भवनले २०७८ सालमा निर्माण पूरा भएको हो । सन् २०१२ देखि नै भवन निर्माणको प्रक्रिया सुरु भएको थियो । विभिन्न कारणले ढिलाई भएपनि प्रक्रिया मिलाएर २०७६ असारबाट निर्माण सुरु थियो । आठ तल्लाको भवन भवन डिजाइन गरिएपनि बजेट अपुग भएपछि पाँच तल्लाको बनाइएको ईन्जिनियर थापाले बताउनुभयो । स्रोत जुटेपछि भवनको तल्ला थप गरी आठ तल्लाको बनाउने योजना रहेको छ । हालको भवन निर्माणको जिम्मा श्याम सुन्दर निर्माण सेवाले पाएको थियो । उसले कोरोनाको कारण काममा समस्या भएपनि जिम्मेवारी अनुसारको काम पूरा गरी हस्तान्तरण गर्ने तयारीमा पुगेको हो । भवन लिफ्ट जडान गर्न मिल्ने गरी बनाइएकोले भविष्यमा यसको पनि व्यवस्था गरिने ईन्जिनियर थापाले बताउनुभयो । यस अघि निर्माण गरिएको बहुउद्धेश्यीय भवन सञ्चालनमा आएको धेरै वर्षपछि २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनायो । त्यसलाई भत्काएर अहिले नयाँ भवन निर्माण गरिएको हो । सो भवनले नगरको आम्दानी थपिनुका साथै एउटै भवनमा सबै प्रकारको सामाग्री पाइने भएकोले उपभोक्तालाई सहज हुने बताइएको छ । यसले सडकपेटीमा व्यापार गर्ने साना व्यापारीलाई सटर भाडामा ल्याउने छ । जसले गर्दा सडकपेटी हडप्ने गतिविधि बन्द भई यात्रुलाई समेत सहज हुने आशा गरिएको छ । भवन सञ्चालनमा आएपनि सहरको सौन्दर्यमा विस्तार हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । सोही भवन छेउमा सिनेमा हल सहितको अर्को भवन निर्माण पक्रिया समेत थालिएको ईन्जिनियर थापाले बताउनुभयो । कृषि बजार छेउमा घरेलु तथा साना उद्योग विकास कार्यालयको सहयोगमा कोसेली घर समेत निर्माण भईरहेको र त्यसको निर्माण पूरा भएपछि थप बजारको सौन्र्यतामा समेत सघाउन पुग्नेछ ।

 

Shares

Be the first to comment on "बहुउदेश्यीय भवन सञ्चालनपछि नगरको आय बढ्ने"

Leave a comment

Your email address will not be published.


*