बस सञ्चालन गर्न स्थानीयको माग

चरिकोट(दीस)ः जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर २ मा अवस्थित गाईखुरा महादेबको मन्दिरसम्म बस सञ्चालन गर्न स्थानियहरुले माग गरेका छन् । मन्दिरमा दर्शन गर्नकालागि रामेछाप ,सिन्धुली, ओखल्ढुङ्गालगायतका जिल्लाबाट आउने श्रद्धालु भक्तजनहरुको सहजताका लागि बस सञ्चालन गरिनु पर्ने स्थानियहरुले माग गरेका हुन् ।
उक्त मन्दिरमा धार्मिक पर्यटकहरुको आकर्षण बढ्दै गइरहेकाले मालुखोला ,कल्लेरी ,गाईखुरा सम्म ७ किलोमिटर सडकको ट्रयाक खोलिएको तर नियमित बस सञ्चालनमा नआउँदा धार्मिक पर्यटकहरुलाई सास्ती भएको स्थानिय टंक भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “ यस मन्दिरमा आई दर्शनगरी रुद्री ,पुजापाठ,आराधना गरी बर माग्दा मनोकामना पूर्ण हुनुको साथै निसन्तानहरुलाई सन्तान हुने,विभिन्न रोग ब्याध हट्ने साथै आपतविपद,दुर्घटनाबाट बच्न सकिन्छ । ” धार्मिक महत्व बोकेको यस मन्दिरको विकास र सबै सामु परिचित गर्नकोलागि विभिन्न प्रयासहरु भइरहेको भण्डारीले बताउनु भयो ।

Shares

Be the first to comment on "बस सञ्चालन गर्न स्थानीयको माग"

Leave a comment

Your email address will not be published.


*