बन्यजन्तुबाट पीडितलाई संरक्षण क्षेत्रले दियो राहत

ध्रूव आचार्य
दोलखा, ३१ साउन
गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका बन्यजन्तुबाट पीडितहरुले राहत पाएका छन् । बुधबार चरिकोट गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले एक कार्यक्रम गरी बन्यजन्तु पीडितहरलाई राहत वितरण गरेको हो ।
आयोजनाले मानवीय क्षतिमा परेको ११ जना र घरपालुवा जनावरहरूको क्षतिमा परेका ८ जना गरी जम्मा १९ जना वन्यजन्तु द्वन्द पीडितहरूलाई जम्मा ६ लाख ७ हजार ७७३ रूपैयाँ वितरण गरेको हो । वन्यजन्तुबाट भएको क्षतिको पहिलो पटक आफूहरुले क्षतिपूर्ती पाएको पीडित विगू गाउँपालिका वडा नं. १ लामाबगरका चरे तमाङले बताए ।
दोलखा जिल्लाको प्रमुख जिल्ला न्यायाधीश कमलराज विष्टले पीडितहरुलाई नगद वितरण गरे । सबैभन्दा बढी गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेका पूर्णबहादुर खड्काले २ लाख क्षतिपूर्ती लिए । गत मंसिरमा भालुको टोकाइबाट गम्भिर घाइते खड्का नै सबैभन्दा बढी राहत पाउँने व्यक्ति हुन् ।
बन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ती न्यूनतम् ५ हजार र अधिकतम् २ लाखसम्म पाउँने व्यवस्था भएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए । सानोतिनो क्षतिपूर्ती स्थानीयस्तरबाटै दिने र ठूलो रकमको क्षतिपूर्ती निकुञ्ज विभागबाटै दिने व्यवस्था गरेको हो ।

अधिकांश भालुको आक्रमणको शिकार
२०७० सालमा भालुकै आक्रमणबाट घाईते भएका रामेछापको उमाकुण्ड गाउँपालिका १ साविक गुम्देल गाविस ८ का बिर्खबहादुर तामाङलाई ४९ हजार ५ सय ७० र सोही वर्ष भालुको आक्रमणमा परेका साविक गुम्ेदल गाविस २ का निमा शेर्पालाई ४८ हजार ७ सय ७० रुपैयाँ राहत दिईएको छ । यसैगरी, २०६९ सालमा भालुको आक्रमणमा परि घाईते भएका दोलखाको विगु गाउँपालिका ४, साविक लादुक ५ का सुजन केसीले ६ बर्ष पछि २० हजार राहत पाएका छन् । घाईते भएका १३ जना मध्ये १२ जनालाई भालुले आक्रमण गरेको हो भने एक जना चितुवाको आक्रमणवाट घाईते भएका हुन् ।

यस्तै, बन्यजन्तुको आक्रमणवाट घरपालुवा जनावरमा क्षेति व्यहोरेका दोलखाका ८ जनाले १ लाख ६६ हजार राहत पाएका छन् । सवैभन्दा बढी राहत पाउनेमा बिगु गाउँपालिका १ का मेमवहादुर तामाङ छन् । पशुधनमा क्षेति पुगे वापत उनलाई ९६ हजार राहत दिईएको हो । पाँच बर्षअघि चितुवाको आक्रमणवाट तामाङले पालेका १९ वटा बाख्रालाई चितुवाले मारिदिएको थियो भने ५ वटा बाख्रालाई बेपत्ता बनाएको थियो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजन ाबनेपछि बन्यजन्तुबाट हुने क्षति बढेको छ । बन्यजन्तुको आक्रमणवाट घाईते भएका तथा पशुधन र अन्नवालीमा क्षेति पुगेकाहरुलाई सरकारले राहत दिने व्यवस्था भएपनि गौरीशंकर संरक्षण क्षेत्रका नागरिकले लामो समयदेखि राहत तथा क्षेतिपूर्ति पाउन सकेको थिएनन् ।
सरकारले क्षेत्रीय वन निर्देशनालय मार्फत राहत र क्षेतीपूर्ति दिने व्यवस्था भए पनि त्यसो हुन नसकेपछि सँरक्षण क्षेत्रमा बन्यजन्तुवाट पीडित नागरिकलाई राष्ट्रिय प्रकृति सँरक्षण कोषले नैं राहत र क्षेतीपूर्ती दिएको हो । संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण साहले गौरीशंकर संरक्षण क्षेत्रभित्र बन्यजन्तुवाट नोक्सानी व्यहोरेका नागरिकलाई घटना घटेको १५ दिनभित्र राहत र क्षेतिपूर्ती दिने व्यवस्था मिलाउने बताए ।
संरक्षण अधिकृत विष्णु पाण्डेका अनुसार बन्यजन्तुको आक्रमणवाट सामान्य घाइते भएकालाई अधिकतम २० हजार, सख्त घाईते भएकालाई २ लाख र मृत्यु भएकालाई १० लाख सम्म राहत दिने व्यवस्था बन्यजन्तुवाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका २०६९ ले गरेको छ । त्यसैगरी बन्यजन्तुको आक्रमणवाट सामान्य घाइते भएकालाई अधिकतम २० हजार, सख्त घाईते भएकालाई २ लाख र मृत्यु भएकालाई १० लाख सम्म राहत दिने व्यवस्था गरेको छ ।

 

Shares

Be the first to comment on "बन्यजन्तुबाट पीडितलाई संरक्षण क्षेत्रले दियो राहत"

Leave a comment

Your email address will not be published.


*