बजार सफा राख्न डस्बिन वितरण

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २४
फोहोर व्यवस्थापनका लागि बैतेश्वर गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मैनापोखरी बजारवासीलाई मंगलबार डस्बिन वितरण गरिएको छ । बजारलाई सदैब सफा सुग्घर राख्नुपर्ने सन्देशसहित फोहोर व्यवस्थापनका लागि जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले समुदायमा ३० वटा डस्बिन तथा स्ट्याड वितरण गरेको हो । संस्थाको कार्यालय प्राङगणमा आयोजित कार्यक्रमका बीच वितरित ती सामग्रीले बजारको सौन्दर्यता कायम राख्न सहयोग मिल्ने सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले बताउनुभयो । सहकारीका सात सिद्धान्तमध्ये सामाजिक दायित्व अन्तर्गत पर्यावरणीय जवाफदेहीता स्वरुप यस्तो सहयोग गरिएको संस्थाका बरिस्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले सुनाउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष हेमन्त चौलागाईँ, बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "बजार सफा राख्न डस्बिन वितरण"

Leave a comment

Your email address will not be published.


*