शुभराज पोखरेल
बचत भनेको अवाश्यकता अनुसार मात्र खर्च गर्नु हो । अर्काे अर्थमा अनावश्यक ठाउँमा खर्च नगर्नु नै बचत हो । यो एउटा सीप हो, व्यवहार हो, र जीवन पद्धति हो । जीवनको हरेक क्षण जसरी हामीले सिकिरहेका हुन्छाँै । त्यसरी नै जीवनमा हरेक क्षण कुनै न कुनै बहानामा आवश्यकता भन्दा बढी खर्च गरिरहेका हुन्छौँ । यसमा सुधार ल्याएर सुझबुझका साथ आवश्यकता अनुसार खर्च गर्नु सही अर्थमा बचत हो ।
धेरै मानिसले पैसा जम्मा गर्नुलाई मात्र बचत भनेर बुझ्ने गर्दछन् । त्यो सत्य हो । हामीले जब कुनै पनि कुराको बचत गछौँ त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष आर्थिक फाइदा स्वतः जोडिएको हुन्छ । दाउरा, ग्याँस, बत्ती ठिक तरिकाले प्रयोग गर्नु, पानी आवश्यकता अनुसार मात्र खर्च गर्नु, चुहिएको धारामा बाल्टी थापेर पानी जोगाउनु, खाना आवश्यकता अनुसार मात्र पकाउनु र सबै खानु, खेर नफाल्नु , साग तरकारी केलाएर बाँकी भएकोलाई मल बनाउन प्रयोग गर्नु यी हरेक कार्यबाट हामीले बचत गरिरहेका हुन्छौँ ।
साना बालबालिकाको सवालमा त यो बिषय अझ महत्वपूर्ण हुन्छ । समय मिलाएर खेल्नु, पढ्नु, कापी कलमको जतन र सही प्रयोग गर्नु, जंकफूडको प्रयोग नगर्नु, उचित समयमा खाना खानु, सुत्ने उठ्ने समय तालिका बनाएर प्रयोग गर्नु यो सबै बचत हो । जसले स्वास्थ्य, शिक्षा, आराम र मनोरञ्ज जस्ता सबै कार्य नियमित र विवाद रहित ढङ्गबाट गर्न सकिन्छ ।
अब पैसा बचतको कुरा गरौँ । बालबालिकाले आपूmले जब समय र सामग्रीको बचत गर्ने बानीको विकास गरेको हुन्छ त्यहाँ अप्रत्यक्ष पैसाको बचत पनि भइरहेको हुन्छ । जंकफूड नखाएमा स्वास्थ राम्रो हुँदा औषधिमा पैसा खर्च हुँदैन । सो बचत रकमलाई हरेक दिन खुत्रुकेमा जम्मा गर्ने गर्नु पर्दछ । कापी, कलम, मसी जस्ता दैनिक प्रयोगमा आउने सामग्री आवश्यकता अनुसार जतन साथ प्रयोग गर्नुभयो भने तपाईंको परिवारको आर्थिक भार स्वतः कम हुन्छ । सो पैसाले तपार्इंले कुनै पनि खेल सामग्री वा चित्र बनाउन प्रयोग हुने रङ तथा कार्डबोर्ड किन्न सक्नुहुन्छ । तपाईंसँग आवश्यकता अनुसार चाहिने जति कपडा छ भने बुबा आमाले कपडाको लागि छुट्याएको पैसाले तपार्इंलाई मनपर्ने तथा नभइ नहुने म्युजिकल सामग्री किन्न लगाउन सक्नु हुन्छ । यी सबै बचत हुन् । जन्मदिन चाडपर्वमा दिएका उपहार तथा रकमलाई बचत गर्ने गर्नु भएमा तपाईंलाई कुनै साथीको जन्म दिनमा उपहार दिनको लागि अभिभावसँग पैसा माग्नैपर्दैन । यहाँ बचतको सबै रकम खेल तथा उपहार किन्न खर्च गर्नु भन्न खोजेको होइन तर आवश्यकता अनुसार उचित ठाउमा प्रयोग गर्नु नै सही अर्थमा बचत हो ।
तपार्इंले बचत गर्दै जाँदा तपार्इंसँग केही धेरै पैसा भयो भने सहकारी वा बंैकमा खाता खोलेर राख्न सक्नु हुन्छ । सो रकम तपार्इंको कलेज भर्ना हुँदा कसैसँग नखोजी प्रयोग गर्न सक्नु हुनेछ । तपाईंले चाहेको विषय पढ्न केही महङ्गो छ । अभिभावकलाई सो खर्च गर्न समस्या हुने भएमा तपार्इंले संकलन गरेको सिमित रकमले तपाईले चाहेको विषयको पढाइको लागि तपार्इंमा आँट र परिवारको लागि सहयोग हुनेछ । त्यसैले बचत गर्नको लागि १ सय, १ हजार हैन एक एक रुपैया नै महत्वपूर्ण हुन्छ । तपार्इंको घरको धारा चुहेको छ एक मिनेटमा १० थोपा मात्र पानी खस्छ । तपाईले कुनै दिन धारामा बकेट राखेर हेर्नुस् । दिउँसो भरिमा कति धेरै पानी जम्मा हुन्छ ? बचत पनि यसै गरी हुने हो । प्रकृतिको बचत, समयको बचत, खाद्यान्नको बचत, सामग्रीको बचत, कपडाको बचत यी हरेक बिषयले आर्थिक बचत भइरहेको हुन्छ । तपाईंलाई नचाहिने खेलौना, खेल सामग्री जुन राम्रा र पून प्रयोग गर्न सकिने छन् त्यसलाई बेच्न सकिन्छ । आफूलाई साना भएका राम्रा कपडा पनि बेच्न सकिन्छ । प्रयोग भइसकेका पुराना कापी, किताब प्लास्टिक बिग्रेका खेलौना बेचेर पनि पैसा जम्मा गरी बचत गर्नु सभ्य नागरिकको पहिचान हो । यो सानै उमेरबाट सिक्ने बिषय हो । होटलमा स्वस्थ्यबद्र्धक खाना चाहेजति मात्र किन्नु र खेर नफाली खानु यो सबै प्राकृतिक सुन्दरता, फोहरमैला व्यवस्थापन जस्ता कार्यमार्फत समाज सफा र सुन्दर बनाउने महत्वपूर्ण दायित्व हो । जहाँ समय, वातावरण, आर्थिक, सामाजिक सबै पक्षमा सहयोग पुग्नुका साथै बचत भइरहेको हुन्छ ।
यसरी बचतको कलाले व्यवहार, संस्कार गुणको विकासको साथै पैसा पनि जम्मा भइरहेको हुन्छ । यस मार्फत सहकारी वा बैंकमा जम्मा गरेको रकम, सेयर, इन्सुरेन्स हुँदै तपाईको उमेर अनुसारको व्यापारमा पनि लगानी गर्नु सक्नु हुनेछ । यी र यस्ता सीपमार्फत तपार्इंले सानो उमेरबाटै आय तथा खर्चको आर्थिक हिसाब किताब राख्ने बानीको विकास भएको हुन्छ । यो नै बचतको महत्वपूर्ण पाटो हो ।
Be the first to comment on "बचत चुहिएको धारामा बाल्टी थापेर पानी जोगाउनु हो"