बंगलादेशमाथि नेपालको शानदार जित, युवा खेलाडीको उत्कृष्ट प्रदर्शन

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नेपालले बंगलादेशलाई सुरुदेखि दबाबमा राखेको थियो । नेपालले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । ३३ औं मिनेटमा नेपालले फ्रि किक पाएको थियो । नेपालले पाएको फ्रि किकलाई विमल घर्ती मगरले सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा बंगलादेशले नेपाललाई केही दबाबमा राखेपनि नेपाल आफ्नो लयमा कायमै रहेपछि दोस्रो गोल फर्काएको थियो । सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले खेलको अन्तिम समय अर्थात् ९० औं मिनेटमा गोल गर्दै बंगलादेशमाथि २—० को रोमाञ्चक जित निकालेको हो । यो जितसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने पाकिस्तान उपविजेता भएको छ ।

नेपाल र पाकिस्तानको समान ६—६ अंक भएपछि गोल डिफरेन्सका आधारमा नेपाल विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

Shares

Be the first to comment on "बंगलादेशमाथि नेपालको शानदार जित, युवा खेलाडीको उत्कृष्ट प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*