फोहोरमैला भन्नाले दैनिक रुपमा कामकाज गर्दा वाकार्य सञ्चालन पश्चात् निस्कने विकार बस्तु नै फोहोरमैला हो । फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार “फोहोरमैला” भन्नाले घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्यजन्य फोहोरमैला वा हानिकारक फोहोरमैला भन्ने सम्झनु पर्दछ । सो शब्दले तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरण ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्याँस, लेदो, धुँवा, धुलो, विद्युत तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामाग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य बस्तुहरु वा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्प्लेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहोरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउँनेछ । फोहोरमैला सही तरिकाबाट व्यवस्थापन गर्नु सम्पूर्ण पक्ष र नागरिकको जिम्मेवारी तथा दायित्व हो । त्यसकारण संघसंस्था मात्र हैन प्रत्येक व्यक्तिले फोहोर व्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।
फोहोरमैलाको व्यवस्थित संकलन, प्रशोधन र काम नलाग्ने फोहोरमैलाहरुको उचित तवरले विसर्जन गर्ने कार्य नै फोहोरमैला व्यवस्थापन हो । फोहोरमैलालाई न्यूनिकरण गर्ने, पुनःप्रयोग गर्ने, फोहोरबाट वातावरणमा पर्ने असरलाई न्यून गर्न फोहोरमैलाको यथोचित र वैज्ञानिक व्यवस्थापन गर्ने कार्य नै फोहोरमैला व्यवस्थापन हो । त्यसकारण हामी सबैले भारतको नयाँदिल्ली या चीनको बेजिइङ शहर जस्तो वायु प्रदुषण अवस्थामा नपुग्नको लागि हामी सम्पूर्ण नेपाली नगारिकले ध्यान दिनु जरुरी छ । हरेक घर आँगनमा निस्कने फोहोरलाई छुट्ट्याएर व्यवस्थापन, पुनःप्रयोग र विसर्जन गर्न सकेमा वातावरणलाई नकारात्मक असर नपर्ने विभिन्न विद्वानहरुको अध्ययनबाट पत्ता लागेको कुरा हामीले सुनेका छौं । जथाभावी फोहोर गर्नु हुँदैन भन्ने हामी सम्पूर्ण जिम्मेवार नागरिकहरुलाई थाहा भएकै हुनुपर्छ । हामी यदि कतै सरसफाई गर्न सक्दैनौं भने फोहोर गर्ने अधिकार पनि त हामीलाई छैन । जथाभावी फोहोर नगरी सभ्य नागरिकको परिचय दिई फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नु सम्पूर्णको दायित्व हो । जसले गर्दा हाम्रा भोलिका सन्तानहरुले हाम्रो गाउँघर, शहरी विकास कसरी भएको हो र कस्तो थियो भन्ने जान्ने, देख्ने अवसर पाउने छन् । अन्यथा उनीहरु सम्पूर्ण वातावरण, संस्कार, संस्कृति, परम्परागत ऐतिहासिक सकारात्मकपक्षको बारेमा थाहा पाउने अवसरबाट वञ्चित हुनेछन् । वञ्चित गराउने वा नगराउने भन्ने जिम्मेवारी अहिलेकै पुस्ताका नागरिकहरुको हातमा छ । जसले यो खालको व्यवहार गर्दछ के त्यसले भावी पुस्तालाई क्षतिपूर्ति दिन सक्छ ? यो अहिलेको ज्वलन्त सवाल हो ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला व्यवस्थापन ९ध्बकतभ क्भनचभनबतष्यल०
स्वास्थ्य संस्थाजन्य फोहोरमैला भन्नाले ः अस्पताल, क्ल्निीक, फार्मेसी, औषधी पसल, ब्लड बैंक, खोप केन्द्र, प्याथोलोजिकल प्रयोगशाला, पशु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशनहुने हानिकारक फोहोरमैला बुझिन्छ ।
फोहोरमैला व्यवस्थापनका विधि ः
न्यूनिकरण विधि ः
फोहोरमैला न्यूनिकरण फोहोर हुने प्रक्रियामा आवश्यक छेकबारमा बैज्ञानिक विधिको प्रयोग गरी, संसर्ग हुनमा रोकावट, अनावश्यक प्रयोगमा कमी तथा आवश्यकता भन्दा अन्य बस्तुमा माग नगर्नु, ६ महिना माम्याद नाघ्ने औषधीको फिर्ता, म्याद नाघेका औषधीको यथाशिघ्र प्रकृया अगाडी बढाउने र स्टोर व्यवस्थापन तथा तथाआवश्यकताअनुसार नियमित सरसफाई, वातावरणीय सरसफाई गर्न सकिन्छ ।
वर्गीकरण विधि ः
फोहोरमैलाको जोखिमताको आधारमा आफ्नो स्वास्थ्य संस्थाको स्थिति र निस्कने फोहोरको मात्राका आधारमा फोहोरमैलालाई छुट्टाछुट्टै भाडाँ राख्ने, धेरै जोखिमता भएको संकलन भाँडो सम्पूर्ण स्वास्थ्यकर्मीलाई थाहा हुने गरी टाढा राख्ने, जुन बिरामी, बिरामी कुरुवा वा अन्य व्यक्तिहरुले नभेट्ने गरी राख्नु पर्दछ । जसका लागि रातो बाल्टिनको प्रयोग गर्न सकिन्छ । धारिलो औजार र सिरिञ्जका लागि सेफ्टी बक्सको प्रयोग गर्न सकिन्छ । कुहिने तथा खानेकुराहरुको फोहोरलाई मल तथाबायोग्याँस जस्ता प्रबिधिको बिकास गर्न सकिन्छ । जसकालागि संकलन गर्ने भाँडो हरियो रंगको प्रयोग गर्न सकिन्छ । अर्को पुनःप्रयोगमा आउने विक्रि समेत हुने बोतल, प्लाष्टिकका भाँडाहरु छुट्टै भाँडोमा संकलन गर्न सकिन्छ । जसका लागि निलो रंगको बाल्टिन प्रयोग गर्न सकिन्छ । धेरै जोखिमताभएकाक्यानुला, आई.भी.सेट, रगत काप्याकेटहरुलाई छुट्टै भाँडोमा संकलन गरी आवश्यकताअनुसार निर्मलीकरण गरी वित्रि mवितरण गर्न सकिन्छ । जसका लागि छुट्टै भाँडोमा संकलन गरी निश्चित ठाउँमा स्थानीय स्रोत सामाग्रीहरुको प्रयोग गरी वैज्ञानिक तवरमा आधारित भै बर्गीकरणका आधारमा छुट्टै भाँडोमा संकलन गरी प्रशोधन गर्ने व्यवस्था गर्नु पर्दछ ।
पुनःप्रयोग विधि ः
फोहोरमैलाको मात्राकम गर्न र आर्थिक भार कमिका साथै आम्दानी कालागि यो विधि धेरै प्रभावकारी छ । यसमा सकेसम्म पुनःप्रयोगमा आउने सामाग्रीहरु फोहोरहरुलाई जोखिमता काआधारमा निर्धारण गरी आवश्यकता अनुसार दुसनिवारण तथ ानिर्मलीकरण गरी पुनःप्रयोग तथा विक्रिवितरण गर्न यो विधिको प्रयोग गरिन्छ ।
फोहोरमैला व्यवस्थापनका समस्या र समाधानका उपायहरु ः
दैनिक रुपमानिस्कने फोहोरमैलालाई बर्गीकरणको आधारमा संकलन गर्ने ।
संकलित फोहोरमैलालाई आवश्यकता अनुसार प्रशोधन, निर्मलीकरण, प्रयोग तथा उचिततवरले वैज्ञानिक आधारमा बिर्सजन गर्ने ।
फोहोरमैला व्यवस्थापनकानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
फोहोरमैला व्यवस्थापनका लागि छुट्टै नीतिको व्यवस्थापन गर्ने ।
फोहोरमैला व्यवस्थापन सम्बन्धी विद्यालयमा नियमितकक्षा सञ्चालन गर्ने ।
वातावरणीय शिक्षालाई प्रभावकारी बनाउने ।
फोहोरमैला व्यवस्थापनमा संलग्नपक्षहरु बीचप्रभावकारी समन्वयकायम गर्ने ।
फोहोरमैला व्यवस्थापनकला र सीपलाई प्रत्येक व्यरिुक्तमा पु¥याउन स्थानीय रेडियो मार्फत नाटक, सडक नाटक जस्ता प्रभावकारी विधिको प्रयोग गरी प्रचार प्रसार गर्ने ।
फोहोरमैला व्यवस्थापनका साझाजिम्मेवारीको अभियानभन्ने मर्मको आत्मसात् गर्ने ।
फोहोरमैला व्यवस्थापनकार्यमा संघसंस्थाहरुको संलग्नता गराउने ।
फोहोरमैला व्यवस्थापनका लागि निश्चित कर्मचारीहरुलाई पूर्ण रुपमातालिम सहितको जिम्मेवारी दिने ।
फोहोरमैला व्यवस्थापनलाई निरन्तरतादिन सके दैनिकनभएपनि साप्ताहिक सरसफाई कार्यक्रम सम्पूर्ण पक्षमिलेर सञ्चालन गर्ने ।
फोहोरमैलाको बर्गीकरण गरी कम्पोष्ट मल, वायोग्याँस उत्पादन र विक्रिवितरण जस्ता वैकल्पिक पद्धतिको अवलम्वन गर्ने ।
फोहोरमैला व्यवस्थापनको क्षेत्रमाकार्यरत व्यक्तिहरुलाई आवश्यकताअनुसार अभिमुखीकरण तथा तालिमको व्यवस्था गर्ने ।
ड्ड फोहोरमैल ाव्यवस्थापन क्षेत्रमा निरन्तर अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणको व्यवस्था गर्ने ।
फोहोरमैला व्यवस्थापनमा दण्ड र पुरस्कार पद्धतिको अवलम्बन गर्ने ।
Be the first to comment on "फोहोर मैला व्यवस्थापन हामी सबैको दायित्व"