फैसला कार्यान्वयन वर्षमा एकै महिना ३१ पक्राऊ

दीक्षण समाचार
चरिकोट २५ मंसिर ।
जिल्ला प्रहरी कार्यालय दोलखाले यस वर्षलाई अदालतको फैसला कार्यान्वयन वर्षको रुपमा लिएको छ । अदालतको फैसला लामो समयसम्म कार्यान्वयन नहुँदा अपराध गरेर प्रमाणित भएकाहरु फरार हुँदै आएका छन् ।
फैसना कार्यान्वयन वर्षमा मंसिर महिनामा मात्र ३१ जनालाई पक्राऊ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रबक्ता माधव काफ्लेले जानकारी दिए । यस बर्षलाई फैसला कार्यान्वय बर्षको रुपमा मनाई रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा तथा मातहतको सक्रियतामा विभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिएका ३१ जनालाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी सम्मानित जिल्ला अदालत दोलखामा बुझाई सकिएको उनले जानकारी दिए । हालसम्म पक्राउ परेको हकमा थोरैमा रु. २५ र धेरैमा रु. ७,००० जरिवाना तोकिएको र थोरैमा २५ दिन र धेरैमा ४ बर्ष सम्म कैद सजाय तोकिएको अपराधिहरु पक्राउमा परेका छन ।
९ वर्षदेखि फरार पक्राऊ
प्रहरी बिगत नौ बर्ष देखी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका जिल्ला दोलखा साविक जिरी गा.पा (६ हाल जिरी न.पा (४ बस्ने बर्ष ३६ को मनोज कुमार जिरेल पक्राउ परेको छ । निज जिरेललाई सम्मानित दोलखा जिल्ला अदालतले २०६६ सालमा ३ बर्ष ११ महिमा १४ दिन कैद सजाय तोकिएकोमा निजलाइ आफ्नै घरबाट मंगलबार ईलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको छ । निज जिरेललाई मंगलबारै अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार दोलखामा पठाईएको छ ।

 

Shares

Be the first to comment on "फैसला कार्यान्वयन वर्षमा एकै महिना ३१ पक्राऊ"

Leave a comment

Your email address will not be published.


*