फेसबुकका संस्थापक जकरबर्गले युरोपेली संसदसँग मागे माफी

बीबीसी । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जकरबर्गले क्याम्ब्रिज एनालिटिका स्क्याण्डलमा भूमिका र आफ्नो प्लेटफर्ममा फेक न्यूज प्रसार गरिएको विषयमा यूरोपेली संसदसँग माफी मागेका छन् । जकरबर्गले फेसबुकका ‘टूल्स’ नोक्सान पुर्याउनमा प्रयोग गरिएकोप्रति पनि खेद प्रकट गरे ।

क्याम्ब्रिज एनालिटिकामाथि उसले राजनीतिक अभियानका लागि ८.७ करोड फेसबुक प्रोफाइलको डाटा प्रयोग गरेको आरोप लागेको छ । तर क्याम्ब्रिज एनालिटिकाले आरोपहरुको खण्डन गर्दै आएको छ ।

फेसबुकका सीईओको बयानबाट यूरोपेली संसदका सवै सदस्य सन्तुष्ट भएका छैनन् । जस मध्ये केहीले जकरबर्गले सवै सवालहरुको जवाफ नदिएको बताएका छन् ।

ब्रिटेनको संसदको डिजिटल कल्चर मिडिया र खेल समितिका प्रमुख डेमियन कालिन्सले प्रश्न सोधिने शैलीका कारण जकरबर्गले आफूलाई मन परेको ढंगले जवाफ दिने मौका पाएका कारण उनले चित्त बुझ्दो जवाफ नदिनु दुर्भाग्य भएको प्रतिक्रिया दिएका छन् ।

जकरबर्गले फेसबुकको एकाधिकार र उसको इकाई ह्वाट्सअपको डाटाको प्रयोगसँग जोडिएका प्रश्नहरुको जवाफ नदिएको बताइएको छ । यस्तै उनले फर्जी प्रोफाइल र गैर–फेसबुक प्रयोगकर्ताहरुको डाटा प्रयोग गरे–नगरेको बारेमा भने सोझो जवाफल दिएका छन् ।

Shares

Be the first to comment on "फेसबुकका संस्थापक जकरबर्गले युरोपेली संसदसँग मागे माफी"

Leave a comment

Your email address will not be published.


*