फुटबलको ‘महाकुम्भ’ विश्वकप अाजदेखि, १२ रंगशालामा हुनेछन् ६४ खेल

एजेन्सी
विश्वकप फुटबल बिहीबार सुरु हुँदैछ। भव्य समारोह गरी सुरु हुने विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन्। १४ खर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक धेरै खर्च भएको विश्वकप हो। यो पटकको विश्वकपमा फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट अन्तिम ३२ टोलीलाई अाठ समूहमा विभाजन गर्दै प्रतियोगिता गराइँदै छ। रुसका विभिन्न ११ सहरमा हुने विश्वकप फुटबल विभिन्न १२ रंगशालामा हुनेछ। ६४ खेल आयोजना हुनेछन्। रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान पाँच–पाँच देश छनोट भएका छन्। त्यस्तै दक्षिण अमेरिकाबाट पनि पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन्। उत्तर अमेरिकाबाट तीन टोली विश्वकपमा रहेका छन्। आयोजक रसियाविरुद्ध साउदी भिड्दै् प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेवियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। आयोजकका लागि यो विश्वकपमा दोस्रो चरणमा पुग्नुलाई नै ठूलो सफलताका रूपमा हेरिएको छ। यसअघि तीन पटक विश्वकप यात्रा गरे पनि रसियाले समूह चरण पार गर्न सकेको छैन। रुस विश्वकपको दोस्रो चरण पुग्न असफल भए आयोजकको नाताले समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि रुस दोस्रो देश हुनेछ। विश्वकपमा सहभागी ३२ देशको तुलनामा सर्वाधिक कमजोर टिमका रूपमा हेरिएको रुस र साउदीको भिडन्त पहिलो जितका लागि दुवै टिमलाई ‘गर या मर’का रूपमा रहेको छ। रसिया र साउदी अरेवियालाई समान स्तरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ। साउदीले विश्वकप अघिखेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो। साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ। त्यसोत घरेलु टिमले गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो। यद्यपि अन्तिम मैत्रिपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ। तर उसले खेलेका अघिल्ला कुनै पनि सात मैत्रिपूर्ण खेलमा जित ननिकालेकाले चुनौती स्वभाविक रुपमा आयोजकलाई बढी छ।

Shares

Be the first to comment on "फुटबलको ‘महाकुम्भ’ विश्वकप अाजदेखि, १२ रंगशालामा हुनेछन् ६४ खेल"

Leave a comment

Your email address will not be published.


*