फिल्म सिटी निर्माण गर्न संघियले प्रदेश सरकारले अबराेध गर्याे मुख्य मन्त्री : जमकटेल

जिरी (दीस) –बागमती प्रदेशका मुख्य मन्त्रीले शालिकराम जमकट्टेलले दोलखामा निर्माणधिन फिल्म सिटी निर्माण गर्न संघिय सरकारले प्रदेश सरकारलाई फाइल हस्तान्तरण नगर्दा समस्या आएको बताउनु भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारण सभालाई जिरीमा उद्ध्घाटन गर्दै जमकट्टेलले संघ सरकारले फाइल उपलव्ध नगराउँदा गत बर्ष सिटीमा छुट्याइएको बजेट फिर्ता गएको दाबी गर्नु भयो । प्रदेश सरकारले दोलखाका निर्माणधिन आयोजनालाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । बागमती प्रदेश सरकारले जिरी ताल ,एकिकृत हनुमन्ते निर्माण गर्न तथा फिल्म सिटी तयार बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनु भयो । संघिय संरचनामा देश गएपछि कतिपय प्रदेश स्तरिय कार्यालयहरू अन्य जिल्लामा स्थानान्तरण भएका कारण संघियतामा जनताका लागि सेवा सुविधालिन महंगो परेको गुनासो आएकोले आगामी आर्थिक वर्षबाट प्रदेशका दस जिल्लामा एकीकृत सेवा कार्यालय खोलिने बताउनु भयो । एकीकृत सेवा कार्यालय खुलेपछि सामान्य कामकालागि पनि अर्को जिल्ला धाउनु पर्ने समस्याको अन्त्य हुने उहाँले दाबी गर्नु भयो । पत्रकारको पेशागत हकहितका लागि प्रदेश सरकारले यसअघि भन्दा बढी सहयोग गर्ने उहाँको भनाई छ । पत्रकारहरूलाई सामाजिक सुरक्षाकोषमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने उहाँले बताउनु भयो ।यसैगरी साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाराम श्रेष्ठले पत्रकार दुर्घटना विमा कार्यक्रमलाई अगाडि बढाईने बताउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले विकासका योजना निर्माण गर्दा मिडियालाई पनि सहभागी बनाउन आग्रह गर्नु भयो । पत्रकारले कसैको देवत्वकरण गर्ने वा कसैलाई खुईल्याउने काम नगरी पिछडिएका बर्ग र क्षेत्रका समस्या उजागर गर्ने तर्फलाग्नु पर्नेमा उहाँले जोड दिनु भयो । साधरणसभाको शुक्रबार र शनिबार चलेको थियो । साधारण सभामा १० जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "फिल्म सिटी निर्माण गर्न संघियले प्रदेश सरकारले अबराेध गर्याे मुख्य मन्त्री : जमकटेल"

Leave a comment

Your email address will not be published.


*