सतिदेविको मृत शरीर काँधमा बोकेर
मंहादेव हिंडे जसरी
आँफुसँग बोकेर एउटा चिसो मुटु
म हिडिरको छु-
उ तल नदि किनारमा
मलाई पर्खिरहेको घाट तिर सतिदेविको मृत शरीर काँधमा बोकेर
मंहादेव हिंडे जसरी
आँफुसँग बोकेर एउटा चिसो मुटु
म हिडिरको छु-
उ तल नदि किनारमा
मलाई पर्खिरहेको घाट तिर
भुलभुलैया हो रहेछ दुनिंया
रङ्गिन सपनाहरु सित
आँफैलाई भुलेर थुप्रै युगहरु
म कुम्भकर्ण निदाईरहेको रहेछु
ब्युझिंएर आँखा खोल्दा
एउटा बूढो साँझ ढोका बाहिर
पर्खिरहन्छ मलाई
मैले सोधेथें नि तिमिलाई ?
खै अब कुन यात्रा शुरु गरूं
जवाफमा तिम्रा रशिला आँखाहरुले
नदि भन्दा लामो गाली गरेर गए पछि
चिसो बगर बाँकी छ मेरो छाती ओरिपरी
देउताहरुको असामयिक मृत्यू पछि
मान्छेहरु चुपचाप चुपचाप हिंडिरहेछन
खै कुन देश तिर
कुन शहर तिर
आँफ्नो मझेरिमा सिस्नु हुर्काएर
बिस्कुन बिनाको रित्तो आँगन
एतै छोडेर हिंडिरहेछन मान्छेहरु
दिन भरिको निन्द्राबाट
मुर्दाहरु भर्खरै उठ्दै छन
अब युग युग सम्म
मुर्दाहरु बाँस बस्नेछन
आमाले रातै लिपेको चुल्हो
मुल ओछ्यान र भुंई तिर
कुनै दिन फेरि उज्ज्यालो भयो भनें
तिमि बगेर टाढा पुगे पछि
एतै छोडेको चिसो बगर तिर
फेरि घाम उदायो भने
म पनि फर्केर आउछु
घाटबाट शहर तिर या
बा ले जोतेको खेतका गरा तिर
भुलभुलैया हो रहेछ दुनिंया
रङ्गिन सपनाहरु सित
आँफैलाई भुलेर थुप्रै युगहरु
म कुम्भकर्ण निदाईरहेको रहेछु
ब्युझिंएर आँखा खोल्दा
एउटा बूढो साँझ ढोका बाहिर
पर्खिरहन्छ मलाई
मैले सोधेथें नि तिमिलाई ?
खै अब कुन यात्रा शुरु गरूं
जवाफमा तिम्रा रशिला आँखाहरुले
नदि भन्दा लामो गाली गरेर गए पछि
चिसो बगर बाँकी छ मेरो छाती ओरिपरी
देउताहरुको असामयिक मृत्यू पछि
मान्छेहरु चुपचाप चुपचाप हिंडिरहेछन
खै कुन देश तिर
कुन शहर तिर
आँफ्नो मझेरिमा सिस्नु हुर्काएर
बिस्कुन बिनाको रित्तो आँगन
एतै छोडेर हिंडिरहेछन मान्छेहरु
दिन भरिको निन्द्राबाट
मुर्दाहरु भर्खरै उठ्दै छन
अब युग युग सम्म
मुर्दाहरु बाँस बस्नेछन
आमाले रातै लिपेको चुल्हो
मुल ओछ्यान र भुंई तिर
कुनै दिन फेरि उज्ज्यालो भयो भनें
तिमि बगेर टाढा पुगे पछि
एतै छोडेको चिसो बगर तिर
फेरि घाम उदायो भने
म पनि फर्केर आउछु
घाटबाट शहर तिर या
बा ले जोतेको खेतका गरा तिर
कवि मान बहादुर खडकाको फेसवुकबाट –साभार
Be the first to comment on "फर्केर आउछु"