दीक्षण समाचार
चरिकोट, असोज ६
दोलखाको कालिञ्चोक गाउँपालिकाका २५ जना कृषकलाई बिहीबार प्लाष्टिक टनेल वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत वडा नं. १, ५ र ६ का कृषकलाई एकएक वटा टनेल वितरण गरिएको हो ।
केन्द्रका दोलखा संयोजक राजन केसीले बेमौसमी तरकारी खेतीमा टनेलको प्रयोगले राम्रो उब्जनी हुने भएकोले टनेल वितरण गरिएको बताउनु भयो । “टनेल भित्र बेमौसमी तरकारी उत्पादन हुन्छ । जसले किसानलाई व्यवसायिक र आत्मनिर्भर बन्न सहयोग पुग्छ । यही कुरालाई मध्यजनगर गरी टनेल वितरण गरिएको हो ।” संयोजक केसीले भन्नु भयो “टनेलको अधिकतम उपयोगबाट किसानले बेमौसमी तरकारी फलाउने र उपभोक्तालाई खुवाछन्, भन्ने पूर्ण अपेक्षा रहेको छ ।” टनेल भित्र भन्टा, गोलभेडा, खुर्सानी, सिमि, भिंडी, काउली, बन्दा, काँक्रो, साग, फर्सि, लौका लगायतका तरकारीहरु उत्पादन हुने गर्छ ।
Be the first to comment on "प्लाष्टिक टनेल वितरण"