पथरी, २२ पुसः ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धँुवा, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको जनाइएको छ । स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माणकम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम सुरु गरेको छ । स्थानीयसँगको सहकार्यबिना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेका हुन । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धुलो र धँुवापसी बाली नष्ट भएको स्थानीय भीम मगर बताउनुहुन्छ । प्लान्टबाट निस्किएको दूषित पानी र धुलो धँुवाका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उहाँको भनाइ छ । बस्तीभित्र रहेको प्लान्टका उपकरण र औँजारबाट रातको समयमा ध्वनी प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण तथा एसियन हाईवे निर्माणमा खटिएका कर्मचारी र श्रमिकका लागि बनेको शौचालयले गाउँवासीलाई समास्या स्थानीय युवा जनक पोख्रेलले बताउँछन् । अझ उक्त स्थानमा प्लान्टसँगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भएपछि जिरी खिम्तीबासीमा गाउँवासीमा समस्या भएकोे जनाइएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृिष बालीसँग टाँसेर बनेको छ । यसका कारण समुदायमा प्रदूषण बढेर समस्या भएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाको भनाइ छ । नगरले पटक–पटक स्थानीयको रायसहित प्लान्ट सञ्चालन गर्न मैखिक जानकारी गराए पनि कम्पनीले बेवस्था गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत शशी राई बताउनुहुन्छ । –––
‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर
Posted By: दीक्षण दैनिक २२ पुष २०८१, सोमबार १०:१४
२३ पुष २०८१, मंगलवार ०७:१८
चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
२३ पुष २०८१, मंगलवार १२:३५
२०८१ पुस २३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२३ पुष २०८१, मंगलवार २०:४३
भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध
२३ पुष २०८१, मंगलवार ०९:५४
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पुष २०८१, मंगलवार ०९:५१
प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
२३ पुष २०८१, मंगलवार ०९:५२
आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
२३ पुष २०८१, मंगलवार २०:४६
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल
२३ पुष २०८१, मंगलवार २०:५२
Be the first to comment on "‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर"