प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन

चरिकोट (दीस) ः प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशनले पुनः सुरज बस्नेत ‘अविरल’ लाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। आज चरिकोटमा सम्पन्न अधिवेशनले बस्नेतलाई पुनः नेतृत्वमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा गोविन्द थामी, सहसचिव खुल्लामा राजकुमार भुजेल, सहसचिव समावेशीमा इस्वर विक, र कोषाध्यक्षमा नविन सुनुवार चयन भएका छन् ।

सदस्यहरूमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ, सुन्दर खड्का, द्विपतारा पाख्रिन, मनिता नेपाली, र इन्द्र लक्ष्मी थामी रहेका छन् ।

अधिवेशनले आगामी केन्द्रीय महाधिवेशनका लागि ६ जना प्रतिनिधि र प्रदेश महाधिवेशनका लागि ९ जना प्रतिनिधि चयन गरेको पनि जनाइएको छ ।

Shares

Be the first to comment on "प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन"

Leave a comment

Your email address will not be published.


*