प्राविधिक अध्ययनका लागि दोलखा हेल्थ टेक्निकल कलेज

चरिकोट–अहिले देशमा प्राविधिक शिक्षाको माग बढदो छ । अहिले बर्षेनी प्राविधिक शिक्षा दिने कलेज खुल्ने क्रम अहिलले बढ्दो छ । प्राविधिक शिक्षा अध्ययन गरेर मात्र पनि अहिले पुग्दैन । प्राविधिक शिक्षा हासिल गरेका जनशक्ति बेरोजगार हुने संङख्या देशमा बढ्दो छ । देशमा रोजगारी नपाएपछि विदेशीने युवाको लर्को दिनौ देशको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलमा देखिने गरेको छ । तर देशमा दक्ष जनशक्तिको अहिले पनि देशमा अभाव रहेको छ ।
दक्ष जनशक्तिले भने देशमा रोजगारीका अवसर प्रयाप्त पाएका छन । दक्ष जनशक्ति उत्पादन गर्ने प्रयाबाची नाम हो । दोलखा हेल्थ टेक्निकल कलेज । कलेजले बर्षेनी दक्ष जन शक्तिको उत्पादन गर्दै आएको छ । अहिले यस कलेज विद्यार्थीहरुको पहिलो रोजाइमा रोजाईमा पर्ने गरेको छ । दोलखासँगै आसपासका जिल्लाहरुमा समेत नभएको एक मात्र ल्याव असीस्टेन्स पढाइ हुन शिक्षालय दोलखा हेल्थ टेक्निकल कलेज हो । कम शुल्कमा गुणस्तरीय शिक्षा पाइन भएकाले पनि यो विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।
देशमा स्वास्थ क्षेत्रमा लगानी बढदो छ । बर्षेनी अस्पताल तथा पोलिक्लिनिक खुल्ने क्रम जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा अहिले ल्याबको राम्रो माग छ । स्वास्थ्य संस्थामा ल्याव (प्रयोगशाला) अनिवार्य जस्तै भएको छ । तर ल्याबकै पढाइ हुने शिक्षण संस्था कम छन् ।
गुणस्तरीय शिक्षाकै कारण आफ्नो कलेज विद्यार्थीहरुको पहिलो रोजाइमा परेको कलेज संचालक अमृतबहादुर बुढाथोकी बताउँछन् । दोलखा हेल्थ टेक्निकल कलेजमा बढेका विद्यार्थीले रोजगारीका अवसर जताजतै पाउने गरेको उनलेको दाबी छ । “हाम्रो कलेजमा डाक्टरहरुले पढाउने कारण गुणस्तर कामय छ” बुढाथोकीले भने “कलेजको गुणस्तर कायम हुनु अर्को कारण आफ्नै सुविधा सम्पन्न अस्पालको कारण हो ।”
देशमा प्राविधिक शिक्षा पढ्ने जनशक्ति भने बेरोजगार कम हुने गरेका छन । विद्यार्थीहरुको प्राविधीक शिक्षामा आकर्षण बढदो छ । अहिले आमा बुवा आफना सन्तानलाई गुणस्तरयुक्त शिक्षा दिन प्राबिधिक शिक्षाको खोजीमा कलेजको ढोका धाउने गरेका छन ।

यहि शन्दर्भमा यस कलेजले आम अभिभाबकहरुको चाहाना पुरा गरेको छ । बर्षेनी देशका प्राविधिक कलेजहरुमा विद्यार्थीहरुको ताँती नै देखिन्छ । तर गुणस्तर भने खस्कदो छ । दोलखा हेल्थ टेक्निकल कलेजले गुणस्तर कायम गर्न सफल भएको छ ।
कलेजवाट उत्पादन भएको जनशक्ति बेरोजगार बस्नु नपरेको संन्चालक बुढाथोकीको दावी छ । अरु कलेजमा बिद्यार्थीे सङख्या कम भएको बेला यस कजेजमा भने विद्यार्थीको चाप बर्षेनी बढ्ने गरेको छ । कलेजमा सिमित कोटामा नाम निकाल्ने विद्यार्थीले मात्र पढ्न पाउने अबसर प्राप्त गरेको बुढाथोकीकोे भनाई रहेको छ । विद्यार्थी भर्ना गर्ने बेला सोर्स र भनसुन भन्दा पनि क्षमता र प्रतिभा भएका विद्यार्थीलाई कलेजले पहिलो प्राथमिकता दिने गरेको कलेज स्रोतले जनाएको छ ।

हालमात्र अध्ययन सकेर सरमुकामको एक अस्पतालमा रोजगारी शुरु गरेकी दोलखाकी गंगा थपलिया कलेजको गुणस्तरियताबारे भन्छिन– विद्यार्थीहरुका लागि दोलखा हेल्थ टेक्निकल कलेज असाध्यै उपयुक्त कलेज हो । थोरै लगानीमा खुल्दा सबैलाई अबसर भएको बताउँदै थापाले अन्य विद्यार्थीहरुलाई पनि ढिलो नगरी टेक्निकल कलेज आउन अनुरोध समेत गरेकी छन् ।
अन्य विषयमा माथिल्लो तह अध्ययन पुरा गर्दा पनि रोजगारी पाउन नसकेको विकराल अवस्थामा टेक्निकल कलेज नयाँ पुस्ताका लागि बेरोजगारी समस्या समाधान गर्ने अर्को उपाय रहेको पुर्विवद्यार्थीहरुको तर्क छ । डिप्लोमा तह पनि केही समय पछि संचालनमा आउने व्यवस्थापनले बताएको छ ।

 

Shares

Be the first to comment on "प्राविधिक अध्ययनका लागि दोलखा हेल्थ टेक्निकल कलेज"

Leave a comment

Your email address will not be published.


*