इश्वर बिश्वकर्मा
चरिकोट, असोज १९
दोलखाको शैलुङ गाउँपालिका वडा न.७ स्थित फस्कुमा सोमबारदेखि १६ हप्ते आ.पि.एम कृषक पाठशाला सुरु भएको छ ।
आ.पि.एम विधीबारे ज्ञान, सीप र अनुभव प्रदान गरि त्यसतर्फ कृषकहरूलाई आकर्षित गराउने उद्धेश्यका साथ गाउँपालिकाको २०७७÷२०७८ को बार्षिक स्वीकृत कार्यक्रम अन्रर्गत कृषि शाखाको आयोजनामा पाठशाला सुरु गरिएको हो ।
कुनै पनि अन्नबालीको शत्रु रोग र जीव र झारपातलाई पहिचान र त्यसको विषादी बिनै निर्मुल, व्यवस्थापन गर्ने विधी पाठशालामा जानकारी गराइने कृषि प्राविधीक उर्मिला चौलागाईँले बताइन् । बिउविजन, मलजलको प्रयोग, माटोको उर्वराशक्ति बढाउने विषयमा जानकारी कृषक पाठशालाले दिने छ ।
उनले भनिन् “आधुनिक कृषि प्रविधीबाट किसानलाई प्राङगारिक कृषि तर्फ आर्कषित गराउने उद्धेश्यका साथ पाठशालाको आयोजना गरिएको हो ।” पाठशालाबाट स्वस्थ बाली उत्पादन, मित्र जीव हरुको संरक्षण, शत्रु जीवहरुको ब्यबस्थापन गर्न किसानहरुकाे क्षमता कृषकहरुमा बृद्धि हुने छ । कृषकहरु आफैले लगाएको र आ.पि.एम विधीबाट लगाइएको अन्नबालीको फरक र महत्व बुझाउन प्रयोगात्मक सिप सिकाइने छ ।
कृषक पाठशालामा पहिलो दिन ४३ जना कृषकहरुको सहभागिता रहेको भएपनि २५ जनालाई मात्रै छनौट गरिने छ । छनौट भएका कृषकहरुलाई मात्र पाठशालामा समुह बनाई सहभागी गराइने उनले बताइन् । पाठशाला सन्चालन गर्नको लागि कृषि प्राबिधिकले गाउँपालिका शाखा प्रमुख,कृषि ज्ञान केन्द्रको कृषि बिशेषज्ञ र कृषि बिज्ञहरुबाट प्राबिधिक सल्लाह लिएर आ.पि.एम पाठशालामा किसानहरुको ज्ञान सीप र क्षमता बढाउने खाल्का कार्यक्रम सन्चालन गरिने छ ।
कृषि उत्पादन बढाउन तथा कृषि सम्बन्धी ज्ञान, सिप र क्षमता बढाउन यस्ता खालको कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ । पाठशाला सिकेका कुरालाई व्यवहारमा लागु गर्दै प्राङगारिक गाउँपालिका निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न गाउँपालिकाले आग्रह गरको छ । समय–समयमा कृषकहरुलाई तालिम, बिउ–बिजन, विभिन्न यन्त्रउपकरण, मल लगायतका कृषि समाग्री अनुदानमा तथा लागत सहभागितामा गाउँपालिकाले वितरण गर्ने गरेको छ । जसले कृषकहरुलाई उच्चतम कृषि उपज उत्पादनमा प्रोत्साहनका साथै हौसला मिलेको छ ।
Be the first to comment on "प्राङगारिक खेती बढाउन शैलुङ गाउँपालिका वडा नं. ७ मा कृषक पाठशाला"