“प्रहरी साझेदारी कार्यक्रम सफल” –दोलखा प्रहरी

चरिकोट, ९ फागुन
दोलखा प्रहरीले “प्रहरी साझेदारी कार्यक्रम सफल भएको बताएको छ । विहिबार दोलखा सदरमुकाम चरिकोटमा “हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ दोलखामा समुदाय र प्रहरी बिच अन्तरक्रिया तथा सार्बजनिक सुनुवाई कार्यक्रममा वोल्दै दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले यो अभियानले अपराधमा नियन्त्रण गर्न सहयोग पुगेको बताए । कार्यक्रममा प्रहरीले विद्यालयहरुमा सञ्चालन गरिएको फाईटब्याक कार्यक्रमले समेत जिल्लामा यौनहिंसा र अपराध नियन्त्रनमा सहयोग गरेको पाठकले बताए । गत कात्तिक ११ गते बाट शुरु भएको अभियानमा दोलखाका २५ सय ६३ जना किसोरी सहभागि भएका थिए ।प्रहरी यो अभियानले स्कुल स्तरमा भएको केही महिला हिंसा नियन्त्रण गर्न सहयोग पनि बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले चालु अर्थिक वर्षमा भएका घट्नाक्रमहरुको विवरण सार्वजनिक गरे ।
त्यसैगरी कार्यक्रमा जिल्लाको समग्र शान्ति सुरक्षा र अपराधको अवस्था, स्थानीय निकाय र प्रहरीको समन्वय, प्रहरी मिडिया सहयोग र समन्वयको अवस्था, प्रहरीको सेवाग्राही सँगको व्यवहारको अवस्था, सेवाग्राहीको प्रहरीसँगको अपेक्षा विषयमा अन्तक्रिया भएको थियो ।
कार्यक्रममा प्रहरीले विद्यालयहरुमा सञ्चालन गरिएको फाईटब्याक कार्यक्रमले समेत जिल्लामा यौनहिंसा र अपराध नियन्त्रनमा सहयोग गरेको बताउदै प्रहरी नायब उपरीक्षक पाठकले सदरमुकामको चोरी नियन्त्रण, बन्यजन्तु छाला बरामद, गाँजाफडानी, मदिरा नियन्त्रण लगाएको काममा राम्रो सफलता मिलेको बताए ।
शान्ति सुरक्षाको व्यवस्था गरी राती अवेरसम्म पनि होटल व्यवसायहरु निर्वाध रुपमा सञ्चालन गर्ने बातावरण बनाएको दावी गरे ।
त्यसैगरी समाजसेवी ऋषिप्रसाद न्यौपानेले पछिल्लो समयमा नागरिकहरु प्रहरीको कामप्रति खुशी रहेको प्रतिक्रिया दिए । प्रहरी र नागरिक सधै हातेमालो गरेर अघि बढेमा समाजमा अपराधका घट्नहरुमा कमि आउनुका साथै शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सशस्त्र प्रहरी उपरीक्षक किरण कुमार कठायत, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, भीमेश्वर नगरपालीक वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का अध्यक्ष नविन लामा, वडा नम्बर ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठ लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

Shares

Be the first to comment on "“प्रहरी साझेदारी कार्यक्रम सफल” –दोलखा प्रहरी"

Leave a comment

Your email address will not be published.


*