प्रहरी प्रमुखमा दोलखामा पाठक सफल

चरिकोट /दीक्षण डेक्स
दोलखाका प्रहरी प्रमुख बासुदेव पाठक सरुवा भएको छ । नयाँ प्रहरी प्रमुख आउने तयारीमा रहेका छन । १ वर्ष दोलखाको प्रहरी प्रमुख समालेका बासुदेव पाठक काठमाडौको गृहमन्त्रालय प्रहरी प्रधान कार्यालयले सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग प्रहरी महाशाखा काठमाडौमा सरुवा गरेको हो । मन्त्रालयले पाठक सहित १०० जना प्रहरी नायब उपरीक्षक हरुलाई सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको जेठ १७ गतेको निर्णय अनुसार सरुवा गरेको जनाएको छ । दोलखा प्रहरी प्रमुखमा सरुवा भएर नयाँ प्रहरी प्रमुख मान बहादुर राई आउने तयारी रहेका छन । राई जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भई दोलखा आउन लागेका हुन । दोलखाबाट सरुवा भएका प्रहरी प्रमुख पाठकलाई दोलखाका ३० भन्दा वेसी संस्थाले संयुँक्तरुपमा सम्मान गरेका थिए । त्यसैगरी दोलखाका अन्य संस्थाले सम्मान गरेका थिए । उनको एक वर्षे कार्यकालमा दोलखामा औषतरुपमा सफल मानिएको छ । दोलखामा संन्चारकर्मीले उनलाई सुचनामैत्रि प्रमुख भएको कारण सम्मान गरेको बताएका छन । ३० संस्थाको सम्मान कार्यक्रममा दोलखा क्रियासिल सवै मिडिया हाउस तथा दोलखामा अगुवाई गर्ने संस्थाले सुचना मैत्री भएको कारण सम्मान गरेको जनाएका छन । एक वर्षे कार्यकालमा उनलाई होटल व्यवसायिले उनलाई सम्झने गर्दछन । सदरमुकाम चरिकोट मा चुनाव तथा चोरी बढेको भन्दै उनको कार्यकाल अगाडी दोलखामा सवै होटल व्यवसायीले ८ बजे पछि अनिवार्य होटल बन्द गर्नु पर्ने नियम कारण हैरानी खेप्दै आएका थिए । उनले दोलखामा निर्वाध रुपमा राती १० बजे सम्म होटल खोल्न दिने निर्णयसँगै होटल व्यवसायीले राहत महसुस गरेका थिए । उनले व्यवसायिको अनुरोधमा थप समय थप्ने प्रतिक्रिया दिदै आएका थिए । त्यसैगरी उनको कार्यकालमा चोरी घटना दोलखामा न्यूनिकरण भएका थिए । उनीे सरुवा भएर आउँदा दोलखामा दिउँसो चोरीको घटनाले चरिकोटका स्थानीयले हैरानी खेप्दै आएका थिए । उनको कार्यकालमा दोलखामा चोरी घटना न्यूनिकरण भएको पाठकले बताए । त्यसैगरी उनलाई १ बर्षे कार्यकालमा सुचना मैत्री तथा सवै क्षेत्रमा सरल स्वभाव भएको छवि दोलखामा बनाएका छन । ब्लड क्यान्सर जस्तो जटिल रोगसँग लामो समय संघर्ष गरेर अन्ततः रोगलाई नै जित्दै नयाँ जीवन पाएका पाठकको जीवन धेरैका लागि प्रेरणा बन्न सक्छ । पाठकले जिल्लामा आफूले रोगसँग फाइट ब्याक गरेको स्मरण गर्दै चलाएको फाइट ब्याक अभियानले घरेलु हिंसा, बाल यौन हिंसा लगायतका हिंसा रोक्न सहयोग पुर्याएको धेरैको बुझाई छ । उनी सधै भन्ने गर्छन रक्तकोषीकाको संक्रमण निर्मूल गरेजसरी अब समाजमा रहेका क्यान्सर कोषिकाहरु निर्मुल पार्नुछ । नेपाल पत्रकार महासंघ, दोलखा उद्योग बाणिज्य संघ, नेपाल वार एसोशियसन, गैर सरकारी संस्था महासंघ, दोलखा जिल्ला निर्माण व्यवसायी संघ, जिल्ला फुटबल संघ, जिल्ला ब्याडमिन्टन संघ, असल शासन समन्वय समिति, बागेश्वरी असल शासन क्लब, जिल्लामा रहेको पाँच वटा रेडियो, दैनिक पत्रिका र अनलाईनहरुले संयुक्त रुपमा विदाई गरेर उनको योगदानको सम्मान पनि गरेका थिए ।

Shares

Be the first to comment on "प्रहरी प्रमुखमा दोलखामा पाठक सफल"

Leave a comment

Your email address will not be published.


*