काठमाडौँ, २० मङ्सिर : गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए÷सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन समेत आग्रह गरेको छ । (रासस)
प्रहरीद्वारा नक्कली ‘पिए’ पक्राउ
Posted By: दीक्षण दैनिक २० मंसिर २०८१, बिहीबार २०:३३
१४ पुष २०८१, आईतवार १८:५०
छैटौं वार्षिक साधारण सभा सम्पन्न
१४ पुष २०८१, आईतवार १८:२७
२०८१ पुस १४ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१४ पुष २०८१, आईतवार १८:४१
दोलखामा “एक चिहान” नाटक प्रदर्शन गरिने
१४ पुष २०८१, आईतवार १९:२४
Be the first to comment on "प्रहरीद्वारा नक्कली ‘पिए’ पक्राउ"