प्रशिद्ध आरोही निमा ग्याल्जेन शेर्पाले पानिया टिप्पा हिमाल आरोहण गर्ने

बाबुराम शर्मा (चरिकोट) ः प्रसिद्ध हिमाल आरोही निमा ग्याल्जेन शेर्पाले दोलखामा रहेको पानीया टिप्पा हिमालको आरोहण गर्नु हुने भएको छ । शेर्पाले हालै पत्ता लगाइएको ६ हजार नौ सय छयान्नब्बे मिटर अग्लो हिमाल आरोहण गर्नु हुने भएको हो
विश्वका १४ अग्ला हिमालहरुको आरोहण गरिसक्नुभएका दोलखा जिल्लाको रोल्वालिङका कीर्तिमानी आरोही शेर्पाले नयाँ पत्ता लागेको पानिया टिप्पा हिमाल आफूले आरोहण गर्न लागेको शनिवार चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनु भयो ।
दोलखामै रहेका पहिले आरोहण गरिसकिएका टामी लाप्चा र रामदुङ हिमालको बीचमा पत्ता लागेको पानिया टिप्पा हिमालको आरोहण मार्ग पत्ता लगाउनु अहिलेको आरोहणको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।
शेर्पाले कृत्रिम अक्सिजन प्रयोग नगरी विभिन्न स्वदेश तथा विदेश स्थित हिमालहरुकोे सफल आरोहण गरिसक्नुभएको छ ।
जोखिमपूर्ण आरोहणको चुनौतीलाई सहजै पार लगाउने कुशल आरोहीका रूपमा परिचित उहाँ नेपाल भ्रमण वर्ष २०११ को सदभावना दूत समेत रही सक्नुभएको छ भने हिमाल आरोहणका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ ।
उहाँले मात्र होइन उहाँका परिवारका आठ जनाले पटक(पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ । उहाँ डोल्मा आउट डोर्सका अध्यक्ष समेत हुनुहुन्छ ।

Shares

Be the first to comment on "प्रशिद्ध आरोही निमा ग्याल्जेन शेर्पाले पानिया टिप्पा हिमाल आरोहण गर्ने"

Leave a comment

Your email address will not be published.


*