प्रविधि वितरण गर्दै घरेलु तथा साना उद्योग कार्यालय

चरिकोट(दीस) ः घरेलु तथा साना उद्योग कार्यालय दोलखाले ५० प्रतिशत अनुदानमा उद्यमीलाई उकरण तथा प्रविधि वितरण गर्ने भएको छ । घरेलु तथा साना उद्योगहरुको उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्न कार्यालयले आवश्यक प्रविधि वितरण गर्ने भएको हो ।
कार्यालय प्रमुख मिन बहादुर लामा थिङले साना उद्योग तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न र उद्योगप्रति स्थानीयहरुलाई आकर्षण गराउन उद्यमीहरुलाई अनुदानमा प्रविधि वितरण गर्न लागिएको बताउनु भयो । प्रविधि प्राप्त गर्नका लागि आवश्यक कागजात सहित वागमति प्रदेशको प्रविधि हस्तान्तरण कार्यविधि, २०७९ को अनुसूचि–२ वमोजिमको ढाँचामा आफूले चाहेको प्रविधिको विवरण सहित कार्यालयमा निवदेन पेश गर्नु पर्ने उहाँको भनाई छ । पुस २० गते भित्र निवेदन दिइसक्नु पर्ने कार्यालय प्रमुख थिङले बताउनु भयो ।
यसअघि कँहीबाट कुनै किसिमको अनुदान प्राप्त नगरेका, महिला, दलित, मधेशी, अपाङ्ग, आर्थिक एवं सामाजिक दृष्टीले पछाडी परेका तथा आदिवासी जनजातिद्धारा संचालित उद्योगलाई विषेश प्राथमिकता दिइने उहाँको भनाई छ । कार्यालयले उद्योग दर्ता, नविकरण मात्र होइन, प्रत्येक वर्ष अनुदानमा प्रविधि वितरण र उद्यम लाग्न चाहने तथा उद्यम गरिहेकाहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम समेत सञ्चालन गर्ने गरेको छ ।

Shares

Be the first to comment on "प्रविधि वितरण गर्दै घरेलु तथा साना उद्योग कार्यालय"

Leave a comment

Your email address will not be published.


*