प्रधानमन्त्री देउवाद्धारा न्यू खिम्ती सब स्टेशनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा सबस्टेशनकाे उद्घाटन गर्नुहुँदै तस्बिरः गाेविन्द परियार रामेछाप

ईश्वर बिश्वकर्मा
चरीकोट, चैत्र ५
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यू खिम्तिी सब स्टेशनको उद्घाटन गर्नुभएको छ । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत रामेछापको टेवीटारमा नयाँ सबस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी हुनुभएको छ । प्रधानमन्त्रीद्धारा उद्घाटन भएको यो सबस्टेशन नेपालको दोश्रो ठूलो रहेको छ ।  गत असारमा निर्माण सम्पन्न भएको  उक्त सबस्टेशन  निर्माणकाे काम विसं २०७५ देखि सुरू गरिएकाे थियाे । यसमार्फत माथिल्लो तामाकोसी, लिखु–४ र लिखु ‘ए’ आयोजना सहितका विद्युत प्रणालीमा जोडिएको छ । हालको क्षमताअनुसार याे सब स्टशेनमा कूल ९ सय मेगावाट बराबर बिजुली जोड्न सकिने छ ।

Shares

Be the first to comment on "प्रधानमन्त्री देउवाद्धारा न्यू खिम्ती सब स्टेशनको उद्घाटन"

Leave a comment

Your email address will not be published.


*