काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत विश्वासको मत लिन असफल हुनुभएको हो । बैठकमा जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा एक सय २४ जनाले मत हालेका छन् भने १५ जना तटस्थ बसेका छन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका एक सय २१ सांसद भए पनि माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू भने आजकाे बैठकमा अनुपस्थित थिए । तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल
TOPICS:Breaking News
Posted By: दीक्षण दैनिक २७ बैशाख २०७८, सोमबार १८:००
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल"