प्रधानमन्त्री ओलीको चीन भ्रमण, के लेखे भारतीय मिडियाले ?

काठमाडौं ७ असार– नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेको बिषयले भारतीय मिडियामा प्राथमिकता पाउने गरेको छ । प्रधामनन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणलाई भारतीय मिडियाले चनाखोपूर्ण ढंगले नियालीरहेका छन् ।

हिन्दीमा प्रकाशित हुने भारतीय पत्रिका दैनिक जागरणले ‘ओबीआर से जुडा नेपाल, आठ सम्झौतों पर दस्थखत’ शीर्षकमा समाचार लेखेको छ । जागरणले पहिलो पृष्ठमा सानो समाचार लेखेर १९ पेजमा विस्तृतमा समाचार लेखेको छ ।

यस्तै अर्को हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकले ‘ नेपाल चीनके बीच ढाँचा क्षेत्र में आठ अहम करार’ शीर्षकमा समाचार लेखेको छ ।

अग्रेजी भाषाको हिन्दुस्तान टाइम्सले नेपाल चाइनाबीच २ दशमलव ४ बिलियन युएर डलर वराबरको ८ वटा सम्झौतामा हस्ताक्षर भएको समाचार लेखेको छ ।

यसअघि बुधवार पायोनीयर पत्रिकामा ‘नेपालले चीन रोज्छ कि भारत ?’ शीर्षकमा लेख लेख्दै भारतीय सेनाका अबकासप्राप्त जर्नेल अशोक मेहताले नेपालमा चीन र भारतले सहकार्य गर्ने वातावरण बनेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई चिनियाँ सञ्चार माध्यमले पनि महत्व दिएका छन् ।

Shares

Be the first to comment on "प्रधानमन्त्री ओलीको चीन भ्रमण, के लेखे भारतीय मिडियाले ?"

Leave a comment

Your email address will not be published.


*