प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध

७ माघ, हेटौंडा । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

 

सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । उनको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा एमालेका रामेश्वर फुयाल थिए ।

प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।

एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनी मुख्यमन्त्रीको दावेदार थिए । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।

उपसभामुखको चुनाव भोलिलाई तोकिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादीकी राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।

Shares

Be the first to comment on "प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध"

Leave a comment

Your email address will not be published.


*