काठमाडौ ंलगायत देशका मुख्य शहरमा प्रदूषण असाध्यै बढेर गएको छ । घरबाट बाहिर निस्कियो कि बिरामी भइएला भन्ने पीर लाग्छ ।
फोक्सोमा प्राकृतिक रूपमा प्रदूषणलाई फिल्टर गर्ने तत्त्व हुन्छ जसले फोक्सोमा खकार र फोहोर जम्न दिँदैन । तर हावामा भारी मात्रामा कार्बन हुँदा फोक्सोले राम्ररी काम गर्न पाउँदैन । त्यसलाई बलियो बनाउन सक्खर काम लाग्छ ।
हावाको प्रदूषण सामना गरेर घर आएपछि सक्खर खाने गर्नुस् । यसमा भएको एन्टीअक्सिडेन्टले फोक्सोलाई सफा बनाउँछ ।
उखु पेलेर निकालिएको रसबाट बनेको सक्खरले शरीरमा रगतको मात्रा पनि बढाइदिन्छ । यसमा भएको सेलेनियम शरीरमा शक्ति दिने राम्रो स्रोत हो । यो खाँदा रगतमा अक्सिजनको मात्रा पनि बढेर जान्छ ।
तर आवश्यकताभन्दा बढी सक्खर खाँदा हानि हुन्छ । खाना खाइसकेपछि दिनदिनै दुई ग्राम सक्खर खानु उपयुक्त हुन्छ । त्यसभन्दा बढी सक्खर खाँदा हानि पुग्छ । एजेन्सी
Be the first to comment on "प्रदूषणबाट बच्नका लागि सक्खर खानुस"