रामशरण बिक/युनिका तमाङ/शान्ती थामी–दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार भएको “शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक” वक्तित्वकला प्रयोगितामा सुनिता अधिकारी प्रथम भएकी छिन् ।
भीमेश्वर नगरपालिकाले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा सुनिता प्रथम भएकी हुन् । उनले नगद ७ हजारसहित प्रमाणपत्र पाएकि छिन् । वक्तित्वकलामा प्रथम भएसगैँ प्रदेश स्तरिय वक्तित्वकला प्रतियोगितामा सहभागि हुन पाउने भएकिछिन् ।
युवा प्रतिभाको खोजी र प्रोत्साहन गर्न नगरले वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको नगरका शिक्षा शाखा प्रमुख अर्जुन बहादुर कार्कीले बताए । प्रतियोगितामा राजन बस्नेत द्धितिय हुन सफल भएका छन्, तृतिय सुदिप कुमार कार्की र सान्तत्वना रन्जिता भुजेल भएकि छिन् । विजयी प्रतियोगीहरुलाई क्रमश ५ हजार, ३ हजार र १ हजार रुपैँया नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले निकट समयमा हुन गईरहेको प्रदेश स्तरीय वक्तित्वकला प्रयोगितामा दोलखा प्रथम हुने विश्वास सहित तयारीमा लाग्न आग्रह गरे । उनले नगरले युवा र शिक्षा क्षेत्रमा विषेश किसिमको योजना सहित काम गरेको बताए ।
Be the first to comment on "प्रथम भइन् सुनिता"