प्रतिनिधिसभामा गठबन्धनका कार्कीको अग्रता कायमै

दीक्षण समाचार
चरिकोट, मंसिर १६
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पुनः निर्वाचनपछि बिहिबारदेखि मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यको मतगणना गर्दा गठबन्धनका उम्मेदवार गङ्गा कार्कीले अग्रता लिइरहनु भएको छ । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई दोस्रो बनाउँदै गठबन्धनका उम्मेदवार कार्की पहिलोमै रहनु भएको हो । नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बन्नु भएका कार्कीले चार हजार १ सय ५ मत प्राप्त गर्नु भएका छ । उहाँको निकटम प्रतिस्पर्धि शिवाकोटीले दुई हजार ६ सय ६७ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "प्रतिनिधिसभामा गठबन्धनका कार्कीको अग्रता कायमै"

Leave a comment

Your email address will not be published.


*