काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमासमेत अग्रता लिएको छ । आइतबार बिहान ६ बजेसम्म १ लाख ७० हजार ६४८ मत गनिसकिएको छ । र, एमालेले ६७ हजार ८३५ प्राप्त गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले ६३ हजार २७५ मत ल्याएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले २६ हजार २९५ मत ल्याएको छ ।
हालसम्म विवेकशील साझा पार्टी तीन अंकमै छ । उसले ८१४ मत मात्रै पाएको छ ।
Be the first to comment on "प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेको अग्रता यथावत"