प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

बुधबार श्रेष्ठलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर प्रचण्ड गोरखाको भच्चेक पुगेका प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह गरेका हुन् ।नयाँ शक्तिका संयोजक भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ मा उम्मेदवारी दिएका छन्, जहाँ माओवादीका नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् ।

प्रचण्डले अझै पनि आफूलाई बाबुरामको माया लाग्ने गरेको सुनाए । अघि भने, म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु ।’

बाबुराम घर न घाटको हुन लागेको प्रचण्डले बताए । बाबुराम दिल्लीमा आपले जस्तै नयाँ शक्ति बनाउँछु भनेर हिँडेको तर, असफल भएको भन्दै उनले भने, नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ?’

Shares

Be the first to comment on "प्रचण्डले बाबुरामलाई उम्मदेवारी फिर्ता लिन आग्रह"

Leave a comment

Your email address will not be published.


*