रमेश श्रेष्ठ, लक्ष्मण भट्ट र सन्ध्या घिमिरे
यात्रा संस्मरण
च्छो–रोल्पा पदयात्रा भन्ने बित्तिकै तपाईको मन मस्तिकमा सर्वप्रथम के आउछ ? प्राकृतिक सुन्दरता एवम् मनोरम हिमताल ! अवस्य पनि च्छो–रोल्पाको प्राकृतिक सौन्दर्यता अवर्णनीय छ । च्छो–रोल्पाको पहिचान हिमतालमा मात्र सिमित नभई नेपाल कै नया प्राकृतिक सौन्दर्यताको नया गन्तब्य बन्न पुगेको छ । तपाईहरुले एक हप्ताको भ्रमण योजना बनाउनु भएको छ भने च्छो–रोल्पा एक प्रमुख गन्तब्य हुनसक्छ डुलुंग हिमालको काखमा करिब ४,६०० मिटरको उचाईमा अवस्थित च्छो–रोल्पा हिमताल नेपालको एकमात्र सबै भन्दा उचाईमा रहेको गहिरो हिमताल हो । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा अवस्थित यो ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । गौरीशंकर हिमशृंखलाको मनोरम् दृश्यावलोकन संगै खोलाको सुस्केरा र गौरीशंकर संरक्षण क्षेत्रको जंगलको सुगन्धित जडिबुटीको सुगन्ध, चराचुरुङ्गीको आवाज संगै जोडिने यो पदयात्राले हरेक पल हरेक दिन प्रकृतिको नया–नया स्वरूप र सुन्दरता संग जोड्छ ।
हामी तिन जना लगायत ११ जनाको समुहमा हामीले पदयात्रा सुरु गर्यौ सबै साथीहरु विभिन्न ठाउँबाट र विभिन्न कार्यालयमा संग्लग्न भएको हुनाले हाम्रो पदयात्रा अझ रमाइलो र फरक रह्यो नया ठाउँ नया साथी संगै हामीले यात्रा तय गर्ने निर्णय गर्यौ बाटोमा आफैले बोकेको खाजाहरु संगै दोहोरि खेल्दै उकाली ओराली संगै प्रकृतिको मनोरम यात्रा तय गरेको अनुभव साचै नै मानसपटलमा रहिरहेको छ ।
पहिलो दिनको यात्रा काठमाडौँबाट सुरु गर्न सकिन्छ । काठमाडौँको पुरानो बसपार्कबाट धुलिखेल–खाडीचौर–मुडे–चरिकोट हुदै सिंगटी सम्मको यात्रा तय गर्न सकिन्छ । मोटर यात्रा सिंगटी नजिकको गाउँ छेतछेत सम्म गर्न सकिन्छ यो समुन्द्री सतह बाट १,३९८ मिटरको उचाईमा अवस्थित ठाउँ हो । छेतछेत बाट करिब ३,००० पाइला तय गरि ३ घण्टाको पैदल यात्रा सोहि दिन गर्न सकिन्छ र त्यो दिनको अन्तिम गन्तब्य सिमिगाँउ हो जुन समुन्द्री सतहबाट २,०१९ मिटरमा अवस्थित छ ।
भोलिपल्ट बिहानै सिमिगाँउमा बिहानी चियाको चुस्की र बिहानी नास्ता संगै दिनभरीको पैदल यात्रा सुरु हुन्छ । बाटोमा देखिने चौरी गोठ होस वा घना जंगलमा देखिने हरिया वनस्पतिको झाडी होस वा अझ ठुल्ठुला पहाडहरु होस प्रकृतिले भरपुर मात्रमा तपाइलाई आकर्षण गरेको भान हुन्छ र करिब ४–५ घण्टा को यात्रा पछि सुर्मुचे
(२,४७०मि.) पुगिन्छ, यहाँ खाना खान वा विश्राम गर्न उपयुक्त व्यवस्था मिलाएको छ सोहि दिन क्याल्चे हुदै बेलुका दोंग्यांग
(२,८००मि.) पुग्न सकिन्छ त्यो दिनको लागि दोंग्यांग उपयुक्त वासस्थान हो ।
भोलिपल्ट दोंग्यांगबाट बिहानै यात्रा सुरु गर्न सकिन्छ वनजंगलको सितलता अग्लो डाँडाको माथि हिमालको चुचुरोहरु, खोलामा देखिने कल्कलौदो झरनाहरु र मानव निर्मित काठे पुलहरुले हिमाली जनजीवनको छविचित्र निर्माण गरेको अनुभव गर्न सकिन्छ,्र साथै प्रकृतिको सौन्दर्यतालाइ मन मस्तिकमा कैद गर्दै करिब ७–८ घण्टाको यात्रा पछी बेदिंग (३,७९१मि.) पुग्न सकिन्छ प्रायः सधै हिउ परिरहने यो हिमाली गाँउ बेदिङ गौरीशंकर हिमालको काखैमा अवस्थित एउटा सानो हिमगाँउ हो । सधै जाडो आलुको परिकार र ढिडो यो बस्तीको मुख्य बिशेषता पनि हो । विहान उठ्ने, चौरी दुहुने, राडीपाखी बनाउने र दुधको परिकार बनाएर जिवन निर्वाह गर्ने यो गाँउबासीको पेशा थियो एकताका । सेन अर्थात ढिडो र चौरीको दुधमा हुर्किएको यो शेर्पागाँउ अर्थात बेदिङगाउको चिनारी अहिले फेरिएको छ । चौरी चराउने पेशा छोडेर अनि दुधको परिकार बनाउन छोडर हिमाल आरोहणलाई मुख्य पेशा बनाउदै जीवन चलाउने यो बस्तीको चिनारी बनेको छ अहिले । दोलखा जिल्लाको गौरीशंकर गाउपालिकामा पर्ने यो गाँउ शेर्पाको आदिम बासस्थान हो । पर्ततारोहणको उदय नहुदा यो गाउ अर्कै नेपाल जस्तो लाग्थ्यो बेदिङवासीलाई । अहिले पनि सरकार र स्थानीयस्तरको रुपमा रहेको पालिका कै नजरमा पनि टाढाको ठाउँ बनेको यो जाब्लुक बेदिङ र नागाँउको दुरी अझै नजिकिएको छैन बेदिंगमा खान खाएर वा विश्राम गरेर करिब २–३ घण्टाको यात्रा सम्पन्न गरिपछी त्यो दिनको अन्तिम गन्तब्यमा पुगिन्छ जुन गाउँको नाम हो – ना, यो समुन्द्री सतह बाट करिब ३,९४३ मिटरमा अवस्थित छ, यो च्छो–रोल्पा हिमतालबाट सबैभन्दा नजिकको गाउँ पनि हो ।
ना बाट भोलिपल्ट बिहानै चिया नास्ता खाई सकेपछी प्रमुख गन्तब्य स्थल च्छो–रोल्पा हिमताल पुग्न सकिन्छ करिब १ घण्टाको सिधा बाटो र २ घण्टाको उकालो बाटो सकिएपछि च्छो–रोल्पा ताल पुगिन्छ उकालो सकिने बित्तिकै च्छो–रोल्पा ताल मै पुगिने भएकोले आनन्दको आभास हुनेगर्दछ च्छो–रोल्पा हिमताल हिमाल कै काखमा रहेकोले तालको सौन्दर्यता अतुलनीय छ । यो ताल जाडोयाममा भने जमेर हिउमा परिणत हुने गर्दछ पुरै तालको लम्बाई फन्को मार्न करिब १–२ घण्टा जति लाग्ने गर्दछ र तालको मुहान वा कुना तिर हिमालको काख बाट खस्ने हिमताल ९न्बिअष्भच० को आवाज अनौठो लाग्ने गर्दछ प्रकृतिमा रमाउनेहरुको लागि यो स्थान साचै नै मनोरम छ । यहाँ बाट करिब ३ घण्टाको उकालो सकिएपछि नया ठाउँ दुध कुण्ड पुग्न सकिन्छ दुध कुण्डको निलो जल सुसोभित कुण्डले च्छो–रोल्पा ताललाइ र सिरमा रहेको हिमाललाइ गिज्ज्याइरहेको अनुभव गर्न सकिन्छ र सोहि दिन दुध कुण्डको अवलोकन सकिएपछि ना–गाउँमा बास बस्न सकिन्छ । भोलि पल्टको यात्रा बिस्तारि प्रकृतिलाइ बिदा गर्दै फर्किने हुन्छ उक्त दिन ना बाट बिहानै यात्रा सुरु गरेर बेलुका सिमिगाँउ सम्म पुग्न सकिन्छ र भोलि पल्ट सिमिगाँउबाट छेतछेत हुदै चरिकोट पुगी काठमाडौँ पुग्न सकिन्छ ।
Be the first to comment on "स्वर्गकाे टुक्रा रोल्वालिङ उपत्यका र च्छो–रोल्पा पदयात्राको हाम्रो अनुभव"